सम्माननिय प्रधानमन्त्री ज्यू,
कोरोनाबाट सुरक्षित रहनु होला कामना छ ।
महोद्धय,
प्रधानमन्त्री ज्यू कोरोनाले विश्वमा के कस्तो अवस्था ल्यायो हामी सबैले देखिरहेका छौँ भोगिरहेका छौँ । शुरुपमा लापरबाही गर्दा के कस्तो अवस्था आउछ भन्ने कुराको उदाहरण अमेरीका र यूरोपले देखाईसकेको छ । तर हाम्रोमा पनि शूरुमै ध्यान दिन नसक्दा अवस्था खतरातिर जाने त हैन भन्ने देखा परीरहेको छ । के सोची रहनु भएको छ ?
बेलैमा होस् नपुर्याउदा बाह्य मुलुकबाट स्वदेश नेपाल फर्किएका हाम्रै दाजुभाई तथा दिदीबहिनीहरु खुशी हुँदै र बाँडदै एक अर्कामा भाईरस सराउदै मुलुकभरी गएको तथ्य काठमाण्डौस्थित पेप्सिकोलाको सनसाईन अपार्ट्मेन्टबाट थाहा भयो । चाहे चीनबाट होस्, चाहे फ्रान्स , लण्डन, कोरीया, कतार , भारत सबैतिरबाट आएका मान्छेहरु मार्फत कोरोना आईरहेको छ नेपालमा ।
यसै सन्दर्भमा मन्त्रीपरिषद सदस्य सरकारका प्रवक्ता माननीय अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाज्युका सुपुत्र तिलक खतिवडा त्यस अपार्ट्मेन्टका सन्चालक समितिमा समेत सचिव रहेको थाहा भएको छ । त्यसरी मन्त्री खतिवडाज्यू त्यस अपार्टमेन्टमा गएको भन्ने पनि सुनिएको छ । के हो वास्तविकता ? यदी मन्त्री खतिवडा त्याहाँ गएको हो भने, उनको परिवारमार्फत उनमा सरेको हो भने के हुन्छ ? तसर्थ मन्त्री खतिवडाको कोरोना परीक्षण अविलम्ब होस् । किन भने कोरोना एक जनाबाट हजारौँमा फैलिन्छ भन्ने सच्चाई नै भईसकेको छ । तेस्रो मुलुक र छिमेकी रास्ट्र भारतबाट लुकि छिपी आएका प्रसस्तै त्यस किसिमका नेपाली दाजुभाइ तथा भारत ससुराली र माइती हुनेहरु भएकाले लुकि छिपी आवागमन भएको हुनाले यसलाई रोकथाम गर्न सबै नेपालिहरुको घरघरमै स्थानिय जनप्रतिनिधिमार्फत स्वास्थ्यकर्मी खटाई सो सम्बन्धि होम लक डाउनमै स्वास्थ्य परिक्षण गरि गराउन लगाई मुलुकलाई कोरोना भाइरस मुक्त बनाउन सम्मानिय प्रधानमन्त्रीज्यूलाई विनम्र निवेदन गर्दछु । धेरै ढिलो हुनु अघि हामीले यो काम गरेनौ भने , यदी काठमाण्डौंले न्यूयोर्क, लोम्बार्डी हैन कि भारतको मुम्बई जत्तिकै रुप लियो मात्रै भने पनि हामीलाई धेरै कठिन पर्ने छ ।
देश गरीब छ , स्रोत साधनहरुको अभाव छ । यस्तोमा धनी देशहरु त आच्छु आच्छु भएका बेला हाम्रो हालत के होला ? त्यसैले महामारी आउनु अघि नै सचेत र सतर्क एवं जनताको घर घरमै परीक्षण गरेर यसलाई रोक्न लाखौँ मेरो सुझाव छ ।
धन्यवाद्
चुडा बहादुर खड्का ( मिलन), होम क्वारेन्टाईन बसुन्धराबाट
सम्पर्क ः ९८५१०६४०१९