सरकार मजदुरलाई खाने बस्ने व्यवस्थापन गर्न छाडेर आफ्ना मान्छेलाई जागिर खुवाउन आयोगहरु गठनतिर लाग्योः खाँड

सरकार मजदुरलाई खाने बस्ने व्यवस्थापन गर्न छाडेर आफ्ना मान्छेलाई जागिर खुवाउन आयोगहरु गठनतिर लाग्योः खाँड

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 36.5K
    SHARES

बैशाख ३ काठमाण्डौं । नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले कोरोनाको महामारी र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनमा मजदुर र श्रमिकहरु ठूलो पीडामा परीरहेका बेला सरकार निकटका मान्छेलाई व्यवस्थापन गर्न र जागिर खुवाउन आयोगरु गठन गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
खाँडले बुधबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेपनि उचित व्यवस्थापन गर्न नसकेको बताए ।
सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न नसकेको काग्रेसका प्रमुख सचेतक खाँडको विज्ञप्तिमा उल्लेख छ ।
संसार भरी छरिरहेका नेपालीहरुले महामारीको पिडा भोगी रहेको छन् । असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन र उनीहरुको पिडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बन्नु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
“हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन ।” विज्ञप्तिमा भनिएको छ ।
यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहकोमा सम्मान व्यक्त गर्दै खाँडेले सरकार उनीहरुको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बन्नु पर्ने बताएका छन् ।

लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्रबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको भन्दै खाडँले उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।

हेर्नुस् विज्ञप्तिः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ