चीनः कोरोना विरुद्ध तयार भ्याक्सिन ८४ बर्षे वृद्ध सहित २ सय ७३ जनामा परीक्षण

चीनः कोरोना विरुद्ध तयार भ्याक्सिन ८४ बर्षे वृद्ध सहित २ सय ७३ जनामा परीक्षण

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

एजेन्सी बैशाख ४ । विश्वव्यापी कोरोनाको महामारी विरुद्ध विश्वका ४० बढी देशले भ्याक्सिनको परीक्षण गरीरहेका छन् । त्यस मध्य सबै भन्दा अग्रपक्तिमा चीन रहेको छ ।
चीनले दोस्रो चरणको क्लिनिकल ट्रायल शुरु गरेको छ भने तेस्रो चरणका लागि वैज्ञानिकहरुलाई सरकारले अनुमति दिईसकेकोछ ।
चीनीया जनमुक्ति सेनाकी अधिकृत तथा मेडिकल शोधकर्ता चेन विको नेतृत्वमा तयार भएको भ्याक्सिनको पहिलो परीक्षण सफल भए पछि दोस्रो शुरु भएको हो ।
दोस्रो परीक्षणमा एक ८४ बर्षे बृद्धा स्वयंसेवक सहित २ सय ७३ जनामा यो भ्याक्सिन दिईएर अहिले अब्जरभेसनमा राखिएको सिसिटिभीले जनाएको छ । यस चरणमा ५ सय जनामा यो खोप दिने तयारी छ ।
पहिलो चरणको परीक्षण मार्च अन्त्यमा भएको थियो । जुन भ्याक्सिनले राम्रो नतिजा दिएको थियो । त्यतिखेर ६० बर्षे बृद्ध सहित एक सय ८ जनालाई यो खोप दिईएको थियो । अप्रील १२ मा सरकारले अनुमति दिएको भोलिपल्टै ८४ बर्षे बृद्धा सहितलाई भ्याक्सिन दिईएको जनाईएको छ । ती वृद्धा कोरोना शुरु भएको वुहान शहरकै हुन् । यी खोपहरुबाट सबैमा सकारात्मक असर देखिएको जनाईएको छ ।
भ्याक्सिन परीक्षणको नेतृत्व गरीरहेकी चेनले बृद्धहरुमा सबै धेरै रोगको लक्षण हुने भएकाले नतिजा अध्ययनका लागि सजिलो हुने भएकाले बृद्धहरुलाई पनि छनौट गरिएको बताईन् ।
कोरोनाले शरीरको कमजोर कोशिका र प्रोटिनहरुमा हमला गर्ने भएकाले त्यसलाई रोक्न सक्षम र सुरक्षित भ्याक्सिन बनाउन जोड दिएको उनको भनाई छ ।
यो चरण पनि पार भए पछि तेस्रो चरणको परीक्षण पनि लगत्तै शुरु हुने चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बाहेक कुनै पनि उपायले कोरोना नियन्त्रण गर्न कठिन हुने बताएको छ ।
अमेरीका अष्ट्रेलिया लगायतका देशले पनि भ्याक्सिनको परीक्षण शुरु गरीसकेका छन् ।
भ्याक्सिन जति सक्दो छिटो उत्पादन हुन्छ , कोरोनाबाट त्यति छिटो मुक्ति पाईने भएकाले अहिले सबैको ध्यान त्यसैमा गएको छ ।
दोस्रो चरण सफल भए पछि परिपक्व रुपमा भ्याक्सिन उत्पादन शुरु हुने जनाईएको छ । जम्मा तीन प्रकारका भ्याक्सिन परीक्षणमा चीनीया सरकारले स्वीकृति दिएको छ ।
कोरोनाले विश्वभर एक लाख ३५ हजारको ज्यान लिईसकेको छ भने २० लाख ५० हजार बढीलाई संक्रमित गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी