काठमाण्डौं बैशाख ३ । काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ। कडा गरिएसगैँ आज बिहानै मात्रै राजधानीमा दुई हजार जनालाई नियन्त्रणमा लिईएको छ ।
जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ।
बुधबार बिहान मात्र लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ ।
उपत्यकाका मुख्यमुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर , कालिमाटी , कलंकी , गौशाला , चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन्। अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए।
उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।