कोरोना संक्रमण नेपालमा पनि बढ्दै, ८१ वर्षीया वृद्धासहित १६ जनामा कोरोना पुष्टि

कोरोना संक्रमण नेपालमा पनि बढ्दै, ८१ वर्षीया वृद्धासहित १६ जनामा कोरोना पुष्टि

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २ बैशाख ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको छ। मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षीया युवतीदेखि ८१ वर्षीया वृद्धासम्म रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित १६ मध्ये पहिलो पटक संक्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन्। १५ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार जारी छ । अन्य ६ जनामध्ये शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल लगनखेल र धौलागिरी अस्पताल बागलुङमा दुई÷दुई जनाको उपचार भईरहेको छ ।

अहिलेसम्म देशभरका क्वारेन्टाइनमा पाँच हजार ७७१ को उपचार भईरहेको छ । उपत्यकामा १२ र बाहिर ८७ गरेर ९९ बिरामी आइसोलेसनमा छन्।

सोमबार राजधानीकै पेप्सिकोलाका र्या्पिट किटबाट परिक्षण् गर्दा तीन जनामा पोजेटिभ देएिपछि राष्ट्रिय प्रयोगशालामा गरिएको पुनः परीक्षणमा दुई जनामा पोजेटिभ भएको पुष्टि भएको छ। एकजनाको भने पुनः परीक्षण भइरहेको छ।

नयाँ संक्रमित दुवै जना बेलायतबाट चैतको पहिलो साता नेपाल फर्किएका हुन्। संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन् ।

अहिलेसम्म ५६ जिल्लामा र्या्पिड किटबाट कोरोना परीक्षण सुरु भएको छ। अब २१ जिल्लामासमेत चाँडै परीक्षणको दायर बढाइने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/04/COVID-19-press-2-baishak.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ