कोरोना कहरः जहा मरे पछि आफन्त लाश लिन समेत आउन छाडे

कोरोना कहरः जहा मरे पछि आफन्त लाश लिन समेत आउन छाडे

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

एजेन्सी बैशाख २ । अमेरिकाको न्युयोर्क जो कोरोनाले उत्पात मच्चाएको सबैभन्दा प्रभावित शहर हो । जहाँ बाकी संसारका कुनै पनि देशको भन्दा बढी संक्रमीत छन् । कुल एक लाख ९० हजार बढी संक्रमीत छन् । १० हजार बढीको ज्यान गएको छ । जहाँ पछिल्लो एकै दिनमा ८ हजार नयाँ बिरामी थपिएको छ । यद्यपि, अहिले अस्पतालमा भर्ना हुनेको संख्यामा कमि आएको अधिकारीहरुको दाबी छ । तर पनि पछिल्लो साता दैनिक सात सय देखि आठ सयको ज्यान गैरहेको छ ।

अस्पतालमा लाशको चाङ लागेको छ । बरफ राखिएका ट्रकहरुमा लाश थुपारिएका छन् । केही दिन यसैगरी राखिन्छ आफन्त आएर लान्छन कि भनेर । कतिपयका आउछन् भने कतिको आफन्त लाश लिन समेत आउदैनन । आफन्तले नलगेका मृतकहरुको लास ट्रकमा हालेर अस्थायी चिहान छेत्रमा लगेर दाहासस्कार गरिदिन्छ सरकारले । जुन चिहान घारी टापु हर्ट आइल्यान्डमा छ ।
प्रशासनले अस्पतालहरुमा करीब दुई सय पचास बिशेश ट्रक खडा गरेको छ लास बोक्न । त्याहाबाट अन्त्येष्टि स्थलमा लगेर पनि केही दिन कुरे पछि मात्र पालो आउछ । लाशको धेरै चाङ बढेपछि प्रशासनले चौबीसै घन्टा सो स्थल खुला राखेको छ । कतिपय त एकै चिहानमा दर्जन बढी लाश राखिएको छ ।


विश्वकै धनी देशको सबै भन्दा ठूलो शहर, विश्वका एक सय ३ जना अर्बपतिहरु बस्ने शहर न्यूयोर्क । ८ करोड बढी जनसंख्या भएको शहर जहाँ मानिसले मरे पछि पनि आफ्नो लाश बोक्ने आफन्त पाउदैनन् । कोरोना संक्रमणको डरले हो या किन हो आफन्तहरु पर्खेर सात दिन सम्म मुर्दाघरमा र बरफ सहितको ट्रकमा राख्दा पनि परिवारले नले पछि सरकारले उनीहरुको शब हर्ट आईल्याण्डमा लगेर अस्थायी रुपमा दाहासंस्कार गर्दै छ ।  उनीहरुलाई एकै चिहानमा एक दर्जन सम्म हालेर दाहासंस्कार गरिदैछ । यो सबै पीडा केवल कोरोनाले दिएको हो । जसबाट कहिले छुटकारा पाईन्छ भन्ने निश्चित छैन ।

एजेन्सीहरुको सहयोगमा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ