काठमाडौं, २ बैशाख ।
काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामध्ये दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्का एक जनाको रिपोर्ट आज साँझसम्म आउनेछ ।एकजनाको भनेपीसीआर परीक्षण पुनः दोहोर्याइएको जनाइएको छ ।
उनीहरुलाई हाल पाटन अस्पतालको आइसुलेसनमा राखिएको छ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।
उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन् । उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए।
३ जना मध्ये आमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो।पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन।