सामाजिक सुरक्षा कोषमा आवद्ध ८६१ रोजगारदाता कम्पनी र ३३,४०० श्रमिकलाई १९ करोड राहत

सामाजिक सुरक्षा कोषमा आवद्ध ८६१ रोजगारदाता कम्पनी र ३३,४०० श्रमिकलाई १९ करोड राहत

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

वैशाख २, काठमाडौँ ।
सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ ।
सरकारले रोजगारदाता कम्पनी र श्रमिकका तर्फबाट सामाजिक सुरक्षा कोषमा चैत महिनामा जम्मा गर्नु पर्ने योगदान रकम १८ करोड ६६ लाख रुपैयाँ तिरिदिएर राहत प्रदान गरेको हो ।
८ सय ६१ रोजगारदाता कम्पनी र तिनमा कार्यरत ३३ हजार ४ सय श्रमिक तथा कर्मचारीले कोषमा जम्मा गर्नु पर्ने रकम सरकारले तिरिदिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषमा आवद्ध रोजगारदाता कम्पनीले सरकारबाट १२ करोड र श्रमिक तथा कर्मचारीले करिब ६ करोड ६६ लाख करोड राहत पाएका छन् ।
कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक जम्मा गर्नु पर्ने कानुनी व्यवस्था छ । रोजगारदाताले आफ्ना श्रमिकहरूलाई न्यूनतम पारिश्रमिकको २० प्रतिशत रकम उपदान तथा सञ्चय कोषबापत कोषमा जम्मा गर्नु पर्छ । सरकारको राहतसँगै कोषमा आवद्ध श्रमिक तथा कर्मचारीले चैत महिनाको तलबसमेत पाएका छन् ।
लकडाउनका क्रममा व्यवसाय ठप्प रहेका रोजगारदाता कम्पनीले आफ्ना श्रमिक तथा कर्मचारीलाई चैत महिनाको तलब दिएको लिखित जानकारी प्राप्त भएपछिमात्र सरकारले राहत रकम कोषमा जम्मा गरिदिने गरेको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीको संकट लम्बिएमा सरकारले कोषमा आवद्ध रोजगारदाता कम्पनी र श्रमिक तथा कर्मचारीलाई यस्तो राहत प्रदान गर्दै जाने मन्त्रालयले जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिक तथा कर्मचारी र आश्रित परिवारले उपचार खर्च, दुर्घटना बिमा, अवकासपछि पेन्सन र कार्यरत अवस्थामै मृत्यु भएमा पेन्सन या उपदान सुविधा पाउने कानुनी व्यवस्था छ ।
ज्ञवालीका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारद्वारा घोषित लकडाउनका कारण आर्थिक संकटमा परेका र कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई राहत प्रदान गरिएको हो ।
सरकारले राहत कार्ययोजना घोषणा गरेसँगै कोषमा अन्नपूर्ण, याक एन्ड यति, हायात रिजेन्सीर्, याडिसनजस्ता पाँचतारे होटलसहितका विभिन्न रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारी आवद्ध भएका छन् । यसबीचमा कोषमा थप ३८ सय जना श्रमिक तथा कर्मचारी आवद्ध भएका छन् ।
यो राहतले कोभिड–को महामारी लम्बिएमा या कुनै पनि क्षेत्र संकटमा परेका बेला सरकारले कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीका लागि सहयोग गर्छ भन्ने सकारात्मक सन्देश दिएको उहाँको भनाई छ ।
सरकारद्वारा घोषित कोभिड–१९ का कारण प्रभावित क्षेत्रहका लागि राहत प्रदान गर्ने कार्ययोजनाबमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सरकारले पहिलोपटक राहत प्रदान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी