मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्नेलगायतका निर्णय हुने

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्नेलगायतका निर्णय हुने

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

वैशाख २, काठमाडौँ ।
दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मंगलवार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
केहिबेरमा बैठक बस्दै छ । मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ । भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने छ ।
तर लकडाउन ७ वा १० दिन बढ्नसक्ने एक मन्त्रीको भनाई छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतमा लकडाउन जारी रहेको अवस्थामा नेपालमा खुल्ला गर्न नसकिने बताएका कारण पनि आजको मन्त्रीपरिषद्ले लकडाउनको समय थप गर्ने छ ।
नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशाला प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनार्मा यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि पिसिआर टेस्टको रिपोर्ट आएको छैन।
बैठकले कोरोना रोकथाम तथा निण्न्त्रणका लागि भईरहेका काम कार्वाहि लगायतको बिभिन्न बिषयमा पनि छलफल गरि निर्णयहरु गर्ने एक मन्त्रीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ