एजेन्सी बैशाख २ । भारतमा अम्बानी,टाटा, मित्तल लगायत दर्जनौ अर्बपतिहरु बस्दछन् । एक तथ्यांक अनुसार सीमित भारतीय धनाढ्यहरुको हातमा ७५ प्रतिशत भारतको सम्पत्ति छ । तर त्यही भारतमा करोडौ गरीबहरु भोकबाट तड्पिरहेका छन् ।
दिनै पिच्छे काम गरे पछि मात्रै खान पाउने भारतका करोडौं मजदुरहरुको दैनिकी कठोर बनिरहेको छ । कतिपय मजदुर दिल्लीदेखि दुर दराजमा हिडेर गएको दृष्य यस अघि सार्वजनिक भएको थियो ।
अहिले उत्तरप्रदेशको आगरामा एउटा यस्तो दृष्य त्याहाँको स्थानीय पत्रकारले ट्वीटर मार्फत सार्वजनिक गरेका छन्, जसमा दुधको टैकर सडकमा पल्टिएर दुध पोखिएको थियो । त्यस पछि गरीबले त्यही दुध माटोको भाँडोमा उठाउदै हालेको देख्न सकिन्छ ।
एनडीटिभीका रिपोर्टर कमल खानले ट्वीटरमा उक्त भिडियो क्लिप हालेका छन् ।
त्यसैको छेउमा पनि कुकुरहरुको बथानले सो दुध खाइरहेको देखिन्छ ।
भारतले ८० करोड गरीबका लागि हजारौ करोडको राहत स्किम ल्याए पनि लामो लकडाउनका कारणले गरीबहरुको जीवन व्यवस्थापन जटिल भईरहेको बताईन्छ ।
अन्तराष्ट्रिय श्रम संगठनका अनुसार ४० करोड दैनिक ज्यालादारी मजदुरको अवस्था भारतमा खराब हुदै गएको भन्दै चिन्ता जनाएको छ ।
भारतले करीब ८० करोड मानिसलाई सिधै खातामा पैसा राखिदिने र खाद्यन्न वितरण गर्ने भने पनि पीडितहरु कतिपयले पाएको र कतिपयले नपाएको र केहीले ढिलो पाएको बताएका छन् ।
भारतमा २१ दिने लकडाउन सकिए पछि पुनः लकडाउन थप्ने तयारी गरिएको छ । यसले गरीबहरुमाथि अझ समस्या निम्त्याउने श्रम संगठनले बताएको छ ।
भारतमा कोरोनाले ३५१ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय बढी संक्रमित छन् ।
Lockdown Impact:
इंसान और जानवर साथ साथ दूध पीने लगे।
आज अगरा के रामबाग चौराहे पर एक दूध वाले की दूध की टंकी गिर गयी।फिर क्या हुआ खुद देखिए। pic.twitter.com/OWvNg8EFIe— Kamal khan (@kamalkhan_NDTV) April 13, 2020