निजामुदिन जमातबाट फरार दुई जना सुस्ताको नाकाबाट पक्राउ  

निजामुदिन जमातबाट फरार दुई जना सुस्ताको नाकाबाट पक्राउ  

  • सोमवार, बैशाख १, २०७७
  • रबिन्द्र यादव, नवलपरासी पश्चिम

  • 8.5K
    SHARES

भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा नवलपरासी पश्चिम सुस्ताको मुख्यनाका मानिने बन्नकट्टीबाट दुई मुस्लिम पक्राउ परेका छ्न । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५ को सलामन मिया रहेका छ्न ।

भारतको दिल्लीमा भएको निजामुदिन तब्लिकी जमातको सभामा भाग लिएर भारतमा लुक्दै बसेको र रातको समयमा मौका छोपी महाराजगन्ज जिल्ला करमिसवा गाउँ हुँदै सुस्ता गाउँपालिकाको मुख्य नाका नथइनगर भइ नेपाल प्रवेश गर्न लाग्दा दुई जना मुस्लिम पक्राउ परेको हो ।

मुस्लिम भारतको करमिसवा हुँदै नेपाल आउदै गर्दा भारतीय सुरक्षाकर्मीले केही सोधपुछ नगरी नेपाल पठाउन लाग्दा नेपाल तर्फ खटिएका नेपाली सुरक्षाकर्मी र सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको नेतृत्व टोलिले उनीहरुलाई नेपाल भारतको सिमामा नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ