महामारीको बेला बुलेट उपहार दिन्छु भन्ने वडाअध्यक्षको घरमा भेटियो गोली , वडाध्यक्ष फरार

महामारीको बेला बुलेट उपहार दिन्छु भन्ने वडाअध्यक्षको घरमा भेटियो गोली , वडाध्यक्ष फरार

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

चैत्र ३० म्याग्दी । अहिले महामारीका बेला मानिसले राहत खोजीरहेका छन् । यस्तो बेला म्याग्दीका एक जना वडा अध्यक्षले सामाजिक सञ्जालमै बुलेट उपहार दिने भनेर घोषणा गरी वेपत्ता भएका छन् । उनको घरमा छापा मार्दा प्रहरीले एक थान गोली बरामद गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले आइतबार आज उनले सामाजिक सञ्जालमा लेखेकै जति एक थान गोली बरामद गरेको हो ।

‘शनिबार अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली फेला पारेको हो । ती वडा अध्यक्ष फरार रहेको प्रहरीले जनाएको छ ।
सो स्टाटस पछि शंका लागेर प्रहरीले उनको घरमा छापा मारेको थियो ।

अध्यक्ष शेरपुजाले , ुनेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछुु भनेर फेसबुकमा लेखेका थिए ।

शेरपुजा वि।स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिका सचिव हुन् । उनी स्थानीय चुनाव ताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ