चैत्र ३० काठमाण्डौं । ग्लोबल ईम्प्याक्ट नामक संस्थाको आयोजनामा भोली बिहान ८ बजे राष्ट्रिय गीत गुन्जाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी ओलीले अपील गरेका छन् ।
ट्वीटर मार्फत उनले उक्त कार्यक्रम मन परेकाले सहभागी हुन अनुरोध गर्दछु भनेका छन् ।
भोली बिहान ८ बजे महामारी विरुद्ध अग्रपक्तिमा रहने चिकित्सक, नर्स, अत्यावस्यक सेवा प्रदायक कर्मचारी,ढुवानीकर्ता देखि सुपरमार्केटका कर्मचारीलाई सम्मान गर्न भन्दै राष्ट्रिय गीत गुन्जाउ र बजाउ भन्ने नारा सहित ग्लोबल ईम्प्याक्ट नेपालले यसको तयारी गरको छ । जुन केही एफएम रेडियोबाट धुन बजाईने छ भने त्यस पछि ताली बजाईने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline