कोरोना संक्रमित बसेको वीरगन्जको छपकैया सिल, नारायणी अस्पतालको ओपिडि बन्दहुँदा बिरामीको बिजोग

कोरोना संक्रमित बसेको वीरगन्जको छपकैया सिल, नारायणी अस्पतालको ओपिडि बन्दहुँदा बिरामीको बिजोग

  • आइतवार, चैत्र ३०, २०७६
  • राहुल गुप्ता

  • 9.3K
    SHARES

३० चैत, वीरगन्ज ।
३ जना कोरोना संक्रमित भेटिएपछि वीरगन्जको वडा नम्बर २ छपकैयालाई सिल गरिएको छ । तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरुमा संक्रमण पुष्टि भएको छ ।
यो सँगै उनीहरु बसोबास गर्दै आएको वीरगन्ज–२ छपकैयामा संक्रमण फैलन नदिन रोकथामका लागि वडा नै सिल गरिएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार उनीहरु ९÷१० दिन पहिलादेखि छपकैयाको मस्जिदमा बस्दै आएका थिए।
अहिले सो क्षेत्रमा सिल गरेर आवतजावतमा रोक लगाउने कार्य भईरहेको सांसद यादवले बताउनु भयो ।
उता, नारायणी अस्पतालमा पनि आकस्मिक बाहेकका अरु सबै सेवा बन्द गरिएको छ । नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका भारतका ३ जना जमाती (मुस्लिम धार्मिक प्रचारक) मा कोरोनाको संक्रमण भएको आइतबार बिहान पुष्टि भएको हो ।
त्यसअघि शुक्रबार साँझ उनीहरुको पहिलो परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आइसकेको थियो। त्यसपछि पुनः परीक्षणका लागि तीनैजनाको स्वाब काठमाडौं पठाइएको थियो। काठमाडौंको रिपोर्ट पनि पोजेटिभ आएपछि नारायणी अस्पतालको आकस्मिक बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको हो ।आकस्मिक उपचार बाहेक अस्पतालमा ओपीडीसहित अरु सबै विभाग आइतबारदेखि बन्द गरिएको अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

अस्पतालमै कोरोनाका संक्रमीत बिरामी पनि राखिएकोले झन जोखिम बढेकाले इमरजेन्सी बाहेकका ओपीडी, ल्याब, एक्सरे, शल्यक्रियालगायतका सबै सेवा बन्द गरेको उहाँले बताउनु भयो ।
उच्च जोखिममा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले आकस्मिक उपचार बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको उहाँको भनाई छ ।
वीरगन्जको एक मात्र सरकारी अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गरिएपछि बिरामीहरु भने बिचल्लीमा परेका छन्। लकडाउन सुरु भएसँगै वीरगन्जका सबै निजी क्लिनिक र ल्याब बन्द छन् । संचालनमा रहेका निजी अस्पतालले पनि ज्वरो ,रुघाखोकी, पेट छाती दुख्ने जस्ता सामान रोगका बिरामीको उपचार नगरि फर्काइ दिने गरेका छन्।
यस्तो अवस्थामा महानगरमा रहेको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पनि आकस्मिक उपचार बाहेकका अरु सबै उपचार सेवा बन्द हुदा बिरामीको बिजोग भएको छ । अस्पताल आएका विरामि कता उपचारमा जाने भनेर तनावमा रहेका छन् ।
पर्सा देखि सर्लाही सम्म गरी ४ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालको ओपडीमा मात्रै दैनिक औस्तमा ८ देखि ९ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी