कोरानाको आशंकामा भर्ना गरिएका दुईजना डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाटै  भागे

कोरानाको आशंकामा भर्ना गरिएका दुईजना डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाटै  भागे

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

डडेल्धुरा, ३० चैत । कोरानाको आशंकामा भर्ना गरिएका दुईजना डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भागेका छन्।

कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टका अनुसार अस्पताललाई जानकारी नदिइ भागेका हुन् ।

तीन दिनअघि उनीलाई आइसोलेसन वार्डमा भर्ना गरेका जानकारी दिदै विष्टले भने, ‘अस्ति मात्रै नमूना संकलन गरेर काठमाडौं पठाइएका थियो,  दिउँसोसम्म यतै अस्पतालमा रहेका उनीहरू बेलुका वार्ड हेर्दा अस्पतालमा भेटिएनन्।’

निमित्त मेसु विष्टका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्।उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ।

गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा-छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ।  उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि नआएकोले  खोज्दैछौँ।’

उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ