चैत्र ३० काठमाण्डौं । कोरोना भाईरसको महामारीले विश्वव्यापी रुपमा एक लाख बढी मानिसको ज्यान लिईसकेको छ र १७ लाख ७१ हजार भन्दा बढी संक्रमित छन् ।
तर नेपालमा कोरोनाको त्यत्रो ठूलो महामारीको रुपमा फलिसकेको छैन । जम्मा ९ जना बिरामी भेटिएकामा पनि एक जना निको भएर घर फर्किसेका छन् । बाकीँ ८ जनाको उपचार जारी छ ।
यसरी हेर्दा अमेरीका छिमेकी चीन र भारत , पाकिस्तान, ईटाली, बेलायत लगायतका मुलुकको तुलनामा नेपाल अहिले सम्म अपेक्षाकृत सुरक्षित रहेको छ । यो सकारात्मक पक्ष हो ।
यदी ती देशहरुमा जस्तो महामारीको रुप लिदाँ शायद नेपालले यसको सामना गर्न कठिन पनि हुने छ ।
नेपाल समग्र रुपमा सुरक्षित जस्तो देखिए पनि नेपाली असुरक्षित भईरहेको कारण भने विस्वभर फैलिएका नेपाली प्रभावित भएकाले हो ।
कोरोनाबाट अमेरीकामा ६ नेपालीको मृत्यु भएको छ भने बेलायतमा पनि ५ नेपालीको मृत्यु भएको छ । फ्रान्सबाट नेपाल आएकी एक महिलामा कोरोना देखियो । अहिले उनको उपचार धौलागिरी अस्पतालमा जारी छ ।

भारतमा अलपत्र परेका नेपाली
भारतबाट आएका तीन र एक स्थानीय गरी कैलालीमा ४ जनामा कोरोना देखियो । भारत,साउदी, पोर्चुगल , कतार लगायत नेपालीहरु रोजगारीमा अत्याधिक मात्रामा गएका देशहरुमा फैलिएको कोरोनासगैँ नेपालीमाथि भने रोग र भोक दुबैले असुरक्षित बनाएको छ ।
युएई मलेशिया लगायतका देशमा लकडाउन, कम्पनी बन्द, रोजगारीबाट निकालीने जस्ता समस्याले कमाउन गएका नेपालीहरु समस्यामा परेका छन् भने डिभि भरेर, पिआर लिएर अमेरीका र यूरोप पुगेका नेपालीहरुमा पनि संक्रमण र रोजगारी गुम्ने दुबै जोखिम बढीरहेको छ ।
देशबाट करीब ० लाख बढी नेपालीहरु रोजगारीका लागि विदेश गएका छन् । ती मध्य धेरै जसो रोग र भोकको चिन्तामा रहनु परेको बताउने गरेका छन् ।
साथ साथै भारतबाट सयौं किलो मिटर हिडेर आफ्नै घर आउन लागेका नेपालीलाई समेत देशभित्र छिर्न नदिई भारतमै राखिए पछि उनीहरुलाई बस्न खान निकै समस्या भएको छ ।
भारतको मुम्बई लगायतका शहरमा मजदुरी गर्ने नेपालीहरुको अहिले निकै ठूलो बिचल्ली भईरहेको त्याहाँ कार्यरत नेपाली प्युठानका शिब पौडेल बताउछन् ।
साउदीबाट गणेश श्रेष्ठले बताए अनुसार दिन दिनै कफ्र्यु छ , कामहरु त्यति चलिरेहेको छैन के हुने हो भन्ने चिन्ता निकै छ ।
अमेरीकामा रहेका नेपालीहरु मध्य पनि धेरै जसो चिन्तामै बसिरहेका छन् । करीब एक हजार नेपाली कोरोना संक्रमित भएको अनुमान रहेको न्यूयोर्कबाट सञ्जय थापा बताउछन् ।
शुरुमा चीनको वुहानमा रहेका एक सय ७५ जना नेपालीलाई ल्याएर क्वारेन्टाईनमा राखिए पनि अहिले भारत तथा अन्य मुलुकका घर आउन चाहने नेपालीलाई ल्याउन नसक्ने अवस्थामा छ सरकार ।
जो जुन देशमा छ त्यही सुरक्षित रहने भन्ने सरकारको आस्वासन बाहेक नागरिकले राहत महसुस गर्न सकेका छैनन् ।
देश सुरक्षित जस्तै रहने तर जनता असुरक्षित हुने जस्तो तथ्यांकहरुले दखाएको भनेको वैदेशिक रोजगारी र पलायनता नै हो । खाडीमा रहने नेपाली देशकै नागरिक भएकाले उनीहरुका बारेमा गंभीर भएर सोच्नु पर्ने अवस्था छ । त्याहाँ रहेका दुतावासहरु मजदुरको समस्या सुन्न र समस्या समाधान गर्न असमर्थ देखिदै आएका छन् । सबै नेपालीको सुरक्षामा बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।