आफ्नो प्रस्ताव प्रधानमन्त्री ओलीले नमाने पछि प्रचण्ड तनावमा !

आफ्नो प्रस्ताव प्रधानमन्त्री ओलीले नमाने पछि प्रचण्ड तनावमा !

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चैत्र ३० काठमाण्डौं । शुरुमा कोरोनाको महामारीको त्रास बढिरहेका बेला सचिवालयको बैठक बस्नु पर्ने भनेर नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई घच्घच्याए ।
कोरोना नियन्त्रणका लागि श्वास्थ्य सामाग्री खरीद प्रकृयामा पार्टी र सरकार बदनाम भएको , सर्वदलीय संयन्त्र बनाउनु पर्ने जस्ता उनले समिक्षा र निर्णय गराउन खोजेको बिषय यो थियो । तर त्यो केही पनि भएन सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले भए गरेका सरकारका कामहरुबारे जानकारी गराए । उनले झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतकासगँ टेलिफोनमा कुरा निरन्तर गरीरहेका थिए ।
बल्ल ताकेता गरेको करीब साता दिन पछि बैठक त बस्यो तर उनले प्रस्ताव गरेको कुरा लागू हुन सकेन । सचिवालयको बैठक चैत्र २५ गते बालुवाटारमा कोरोनाका कारण तय भएको सामाजिक दुरीको मापदण्ड अनुसार बस्यो । तर पार्टी नेताहरुबीच बढेको दुरी कमी गर्न सकेन ।
प्रचण्ड प्रतिपक्षी दलहरुलाई समेत समेटेर प्रधानमन्त्री ओलीकै नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर कोरोना विरुद्ध साझा रुपले संघर्ष गर्ने निर्णय होस् भन्ने चाहेको कुरा सार्वजनिक सञ्चारमाध्यममा पनि सार्वजनिक गर्न भ्याए । उनले ईमेज टेलिभिजनमा सचिवालयको बैठक पछि अन्तवार्ता दिने क्रममा सर्वदलीय संयन्त्रको आवस्यकताबारे व्याख्या गरेका थिए । तर उनको यो प्रस्ताव प्रधानमन्त्री ओलीले आवस्यक ठानेनन् ।
ओलीले शनिबार चैत्र २९ गते प्रदेश प्रमुखहरुको भिडियो कन्फेरेन्स बैठकमा सर्वदलीय सयन्त्र जरुरी छैन भनेर प्रचण्डको प्रस्तावको स्पष्ट रुपले नकारी दिएका छन् ।
यस पछि मौन रहेका प्रचण्डले अब के धारणा ल्याउने हुन् त्यो एकीन छैन ।
यस अघि पनि बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव प्रचण्डले गरे पछि दवाव थेग्न नसकेर स्वीकारे पछि बैठक सकिए लगत्तै बामदेवलाई गर्दिन भनेर अस्पताल भर्ना भएका थिए ।
हाल गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय पनि अलपत्र छ । तर म्याद सकिएका युवराज खतिवडाले पुनः अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी पाईसकेका छन् ।
जनयुद्ध र शान्ति प्रकृया पछि पनि देशको राष्ट्रिय राजनीतिमा आफ्ना कुराहरु लागू गर्न कठिन पर्दै गएको महसुस प्रचण्डले गर्न थालेको उनी निकट नेताको दाबी छ ।
यस अघि कोरोना नियन्त्रण सफल पारेकोमा बधाई दिदै अध्यक्ष प्रचण्डले चीनीया राष्ट्रपतिलाई पत्र लेखे पछि पनि त्यसको आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ