अपांगलाई रातहमा भेदभाव, मुखले सबै ठीक्क पार्छन, हातले कसैले नदिएको गुनासो!

अपांगलाई रातहमा भेदभाव, मुखले सबै ठीक्क पार्छन, हातले कसैले नदिएको गुनासो!

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ३० चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिले राहत नपाउँदा जिउन निकै ठूलो संघर्ष गर्न बाध्य छन् ।
उपत्यकाका विभिन्न ठाँउमा छरिएर रहेका अपांगता भएकाहरुलाई राहत दिने भनेर भाषणमा र कुरामा भनिए पनि व्यवहारतः उनीहरुलाई दिईने भनिएको थोरै राहत लिनै पनि समस्या देखिएको छ ।
राष्ट्रिय अपांग महासघको केन्द्रीय अनुशासन समितिका संयोजक टेकनाथ न्यौपानेले सरकारले स्थानीय तहलाई तोके पनि त्यो तहले अपांगताको समस्या बुझ्न नसकेको बताए ।
कतिपय ठाँउमा राहत दिईएको भए पनि अपांगता भएकाहरु लिन जान नसक्ने अवस्था रहेको , कतिपय ठाँउमा राहत वितरणको सूचना समेत अपांगता भएकाहरुले नपाउने स्थिति रहेको उनले बताए ।
न्यौपानेले सरकारले सूचना दिदाँ पनि बहिराहरुले सुन्न सक्ने अवस्था छैन भन्दै शारीरीक रुपमा समेत कमजोर रहेका मानिसहरुलाई सरकारले व्यवस्थित गर्न नसकेको गुनासो गरे ।
न्यौपानेले अपांगता भएका व्यक्तिहरु उपत्यकामा कति छन् भनेर एकीन नरहेको बताए । उनले सरकारले दिने थोरै भए पनि राहत व्यवस्थित रुपमा दिन माग गरे ।
राजधानीमा तुलनात्मक रुपले अन्य शहरको तुलनामा बढी अपागंताको बसोबास रहेको छ ।
गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ४, ५, ६ र ७ एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ मा धेरै अपाङ्गता भएका व्यक्ति बसोवास गर्छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ मा अपाङ्ग सेवा सङ्घ–आशा केन्द्र, वडा नं ४ मा अपाङ्ग पुनःस्थापना केन्द्र छ भने वडा नं ६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ स्थित थली ओरालोमा पनि नेपाल अपाङ्ग सङ्घ छ । जहाँ अपाङ्गता भएका ३५ बालबालिकालाई संरक्षण दिइएको छ । यी संस्थामा आवासीयरूपमा पनि अपाङ्गता भएका व्यक्तलाई राखिएको छ ।

अपाङ्ग सेवा सङ्घ–आशा केन्द्रका अध्यक्ष तिलककुमार श्रेष्ठले संस्थाले आवासीयरूपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभए पनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको बताए ।
गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा बसोबास गर्ने न्यून दृष्टियुक्त दिवस विष्ट बन्दाबन्दीको १९औँ दिनसम्म पनि नगरपालिकाबाट राहत पाउन नसकिएको गुनासो गरे । “नगरप्रमुखलाई भन्यो भने वडाध्यक्षलाई भन्नुस् र वडाध्यक्षलाई भन्यो भने नगरप्रमुखलाई भन्नुस् भन्ने गरेका छन्, हामीले राहत भने पाउन सकेका छैनौँ”, उनले भने ।

नगरपालिकाले घरमा राहत पु¥याएका छौँ, खाद्यान्नको अभाव भई किनेर खान चाहनेका लागि पनि घरघरमै ढुवानीको व्यवस्था गरिएको छ भनी प्रचारप्रसार गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको अपाङ्गता भएका व्यक्तिको भोगाई छ । तीनै तहका सरकारले सञ्चारमाध्यममा सबै सेवा उपलब्ध गराएका छौँ भनी प्रचार गर्ने तर व्यवहारमा जनताले केही नपाउने अवस्था आएको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा बसोबास गर्दै आएकी सावित्री बस्नेतको गुनासो छ । “मुखले ठिक्क, कामले दिक्कको अवस्था तीनै तहका सरकारबाट हामीले भोगेका छौँ”, उनले भनिन् ।

कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनीले राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुरोग भएकालाई प्राथमिकतामा राखिएको दावी गरे ।

सरकारले अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेको छ । पूर्णरूपमा अपाङ्गता भएकालाई ‘क’ वर्गमा राखिएको छ । ‘क’ वर्गमा राखिएकालाई सामाजिक सुरक्षास्वरुप मासिक भत्ताको समेत व्यवस्था गरिएको छ । आंशिकरूपमा अपाङ्गता भएकालाई ‘ख’ वर्गमा राखी मासिकरूपमा आधा भत्ता दिइन्छ । ‘ग’ र ‘घ’ वर्गकाको भने सामान्य अपाङ्गता मात्र हुने भएकाले भत्ता दिइँदैन । कागेश्वरी नगरपालिकामा ‘क’ वर्गका २ सय र ‘ख’ वर्गका ६० जना रहेको नगरापालिकाले जनाएको छ ।
उपत्यकामा कति अपागंता भएकाको संख्या एकीन नै छैन ।
न्यौपानेका अनुसार महासंघले पनि स्थानीय तहसगँ समन्वय गरेर काम गर्न आफ्नो संस्था लागिरहे पनि व्यवस्थित हुन नसकेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ