काठमाडौं, चैत २९ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विकास कोष आवश्यक नरहेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटमार्फत प्रवक्ता श्रेष्ठले कोरोना भाइरसका कारण मुलुकको अर्थव्यवस्था खलबलिएको भन्दै विज्ञहरुले कोष खारेजीको माग गरिरहेको कोष खारेज गर्नुपर्ने बताउनु भएको हो ।
विभिन्न नाममा सांसदले खर्च गर्न पाउने गरी केन्द्र र प्रदेश सरकारले १८ अर्बभन्दा बढी बजेट चालू आर्थिक वर्षमा छुट्टाएका छन । श्रेष्ठले संकटको समयमा प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु पर्ने आवश्यकता समेत औंल्याउनु भएको छ ।
उहाले विपद् व्यवस्थापन ऐनमा समेत विपक्षी दलको नेता र मुख्यमन्त्रीको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद् समेत क्रियाशील रहेको बताउनु भएको छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline