काठमाण्डौं चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसगँ चार घण्टा लामो भिडियो कन्फेरेन्स गर्नुभएको छ ।
आज भएको कन्फेरेन्समा प्रधानमन्त्री ओलीले मुख्य मन्त्रीहरुसगँ प्रदेशहरुको अवस्थाको बारेमा जानकारी लिए पछि कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गरेको भन्दै सरकार विरुद्ध अनावस्यक भ्रम र दुष्प्रचार भएको भन्दै त्यस्ता तत्वबाट प्रभावित नहुन अपील गर्नु भयो ।
उहाँले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो ।
उक्त अवसरमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराउनु भयो ।
उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनु भयो ।
उहाँले भारतमा संक्रमण बढेको देख्दा देख्दै तत्काल लकडाउन अन्त्य नहुने भन्दै यसमा लापरबाही नगर्न पनि अनुरोध गर्नु भयो ।

उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नुहुँदै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई अनुरोध गर्नु भयो ।
लकडाउनमा प्रशासनिक लापरबाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।
उहाँले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो ।
साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभयो ।