आजबाट काठमाडौंका क्‍वारेन्टाइनको अवलोकन गर्ने, पहिलो अनुगमन पशुपतिनाथ क्षेत्रमा

आजबाट काठमाडौंका क्‍वारेन्टाइनको अवलोकन गर्ने, पहिलो अनुगमन पशुपतिनाथ क्षेत्रमा

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठाडौं,२९ चैत। सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्‍वारेन्टाइनको आजबाट अनुगमन गर्ने भएको छ ।
विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्‍वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो।

सोहीअनुरुप आज मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्‍वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको छ। मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो। राज्यमन्त्री मानन्धरले शुक्रबार काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँगपनि छलफल गर्नुयो। छलफलमा राज्यमन्त्री मानन्धरले क्‍वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले आज शनिवारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिनुभयो।

क्‍वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्‍वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ। यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्‍वारेन्टाइन मापदण्डअनुसार छन्।
काठमाडौँका प्रजिअ जनकराज दाहालले बूढानीलकण्ठ स्कूलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय शय्या बनाउन सकिने अवस्था रहेको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ