काठमाण्डौं चैत्र २८ । नेपालमा रहेका मुसलमानहरुमाथि श्रृखलावद्ध हत्या र ज्यादती अघोषित रुपले भारतीय खुफिया एजेन्सीको भूमिकामाथि प्रश्न उठ्ने गरको छ तर समाधान हुन सकेको छैन । आम रुपमा नेपालमा बसेर पाकिस्तानसगँ सम्बन्धित मुसलमानहरु मदरसा आदि मार्फत भारत विरुद्ध गतिविधि गर्ने, हतियार र जाली नोटको तस्करी गर्ने भारतीयहरुको दृष्टिकोण रहदै आएको छ ।
एक दर्जन जति मिर्जा देखि सलमान खुर्सिद सम्मको हत्यामा को थिए किन मारिए भन्ने प्रश्नको समाधान नेपालले दिन सकेको छैन ।
यसैबीच अहिले कोरोनाको महामारी फैलिरहेको बेला भारतीय खुफियातन्त्रले फेरी अर्को एक नेपाली मुसलमानलक्षित पत्राचार गरेको पाईएको छ ।
सो पत्र अनुसार नेपालको पर्सा जिल्लाको जगन्नाथपुरमा निवासी जालिम मुखियाले भारतमा कोरोना फैलाउने योजना बनाएको , उनी हतियार तस्करीमा संलग्न रहेको भन्दै आन्तरीक सुरक्षा एजेन्सीहरुलाई पत्राचार गरेको खुलेको छ । जालिम नेपालको पर्सा जिल्ला जगरनाथपुर गाँउपालिकाका अध्यक्ष हुन् ।

भारतमा पहिल्यै नै कोरोना फैलिएर करीब ६ हजार माथि संक्रमित छन् भने २ सय नजिक मृत्यु हुनेको संख्या पुगिसकेको छ । यस्तो स्थितिमा बिहारको पश्चिीमी जिल्ला चम्पारण जिल्ला अधिकारीले एसएसबीलाई उद्धत गर्दै प्रहरी अधिकारीलाई लेखेको पत्रमा नेपालमा रहने जालिम मुखिया नामका एक व्यक्ति भारतमा कोभिड–१९ फैलाउने योजना बनाईरहेको उल्लेख छ ।
साथै ती मुखिया नेपालबाट अवैध हतियारको तस्करी गरीरहेको समेत आरोप लगाईएको छ । अप्रील ७ मा लेखिएको पत्रमा ४० देखि ५० जना सम्म संदीग्ध कोरोना संक्रमित भारतीय मुसलमानहरु आउने जानकारी पनि दिईएको छ ।
यसैबीच गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिव उमाकान्त अधिकारीले यस बिषयमा सरकारलाई कुनै जानकारी प्राप्त नभएको दावी गरे ।