चैत्र २८ बारा । बाराको देवताल गाउँपालिका वार्ड न।१ टोल बड्की फुलवरिया भन्ने ठाउमा रा।ज।पा बाराका प्रवक्ता अरुण सिंहले लकडाउनको धज्जिया उडाएको आरोप लगाइएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई बाराको एक राजनितीक व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरि हिँड्ने र आफ्न रवाफ देखाएको स्थानिय युवकहरुले आरोप लगाएका छन् ।
प्रवक्ता सिंह कलैया स्थित आफ्नो डेरा बाट सधैं लकडाउनलाई उल्लंघन गर्दै गाउँ छिरेका र गाउँमा भएको सर्वसाधारण सङ समाजिक दुरि कायम नगरी , मास्क समेत नलगाइ अनावश्यक गफ गरि जथाभावी हिडिदिँदा सर्वसाधारणमा भ्रम सिर्जना भएको स्थानिय युवकले बताए ।
स्थानिय युवकले ूउनी भारतिय दूतावास,बिरगंजको सहयोगले ६ दिन पहिले भारतको रक्सौल समेत छिरेको आरोप लगाएका छन् । भारत छिरेर फर्की सकेको ब्यक्तिलाई आवस्यक रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने नियमलाई समेत चुनौती दिदै प्रवक्ता अरुण सिंहले आफ्नो समेत सम्पुर्ण गाउँवाशीको ज्यान खतरामा पारेको हुनाले निजलाई आवस्यक रुपमा क्वारेन्टाइनमा राख्न स्थानीय युवाहरुले जिल्ला प्रशासन कार्यलय संग अनुरोध समेत गरेका छन् ।
यो संक्रमण व्यक्ति बीचबाट मात्र नभई सङ्क्रमित व्यक्तिको छोएका जुनसुकै वस्तुबाट पनि हुन सक्ने भएकाले यस विषयमा गम्भीर हुन अतिआवस्यम छ, ‘हामी लकडाउनको पहिलो चरणमा छौँ, सङ्क्रमण नफैलियोस् र नागरिकहरु आफ्नो स्वास्थ्यको बारेमा सतकर्त हुन् भनेर विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ तर सडकमा अनावश्यक हिँड्ने सर्वसाधारणभन्दा पनि जान्नेबुझ्ने व्यक्ति नै बढी देखिनु दुर्भाग्य हो ।’
सामाजिक अगुवाले नै विभिन्न गतिविधि गर्दै सामाजिक सञ्जालमा राख्दा सर्वसाधारणमा झन् भ्रम सिर्जना भएको पनि स्थानित एक जान युवकले बताए।
लकडाउनको समयमा मुख्य शहरका प्रायःजसो पसल बन्द छन् भने सवारी साधन पनि कम मात्रामा चलेका छन् । अहिलेसम्म बारा र आसपासमा कोरोना भाइरसका सङ्क्रमित नदेखिएको र उच्च सतर्कता अपनाउन सके सुरक्षित हुन सकिने अवस्था छ । सरकारसँगै जनता पनि जिम्मेवार बनेर यो समयमा लकडाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्ने सकिने कुरामा स्थानियको विश्वास छ ।

ुकुनै एक जनाको लापरवाहीले धेरैको जीवनलाई प्रभाव पार्ने भएकाले अहिलेको अवस्थालाई कुनै राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द जस्तो नसम्झी परिवारका साथ घरै बसेर लकडाउनको पूर्ण पालन गर्न स्थानिय युवक अनिश सिंहले आग्रह गरेका छन् । उनले अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानून रहेकाले नियमको पूर्ण पालन गर्न सबैमा आग्रह गर्दै भारत बाट फर्किएको प्रवक्ता सिंहलाई आवस्यक रुपमा कानुनी दायरामा ल्याइ क्वारेन्टाइनमा बसाउन ब्यवस्थापन गरिदिन जिल्ला प्रशासन कार्यलय बाराको प्र।जि।अधिकारी सङ माग गरेका छन् ।