समाचार प्रभावः नाम्लोले श्रीमती बोकेर हिड्ने डम्बरलाई सांसद दिपेन्द्र श्रेष्ठको पहलमा ११ हजार सहयोग(तस्वीर भिडियो )

समाचार प्रभावः नाम्लोले श्रीमती बोकेर हिड्ने डम्बरलाई सांसद दिपेन्द्र श्रेष्ठको पहलमा ११ हजार सहयोग(तस्वीर भिडियो )

  • शुक्रबार, चैत्र २८, २०७६
  • सिर्जना तिम्सिना

  • 17.1K
    SHARES

चैत्र २८ गते । मिर्मिरे अनलाईनमा बुधबार चैत्र २६ गते नाम्लोले बोकेर मृगौला पीडित श्रीमतिलाई अस्पताल लैजादै गरको धादिगंका डम्बर सिंखडाको बिषयमा समाचार प्रकाशित भए पछि सिंखडा परिवारले राहत पाउन थालेको छ ।
यो समाचार पढे पछि बागमती प्रदेश अन्तर्गत काठमाण्डौं क्षेत्र नं एक का सांसद दिपेन्द्र श्रेष्ठको पहलमा १०० ( हन्ड्रेड ) ग्रुपको समन्वयमा सिंखडा परिवारलाई उनको डेरामै पुगेर आज एघार हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाज सेवामा सक्रिय यस ग्रुपका संयोजक मदन धुँजु श्रेष्ठको संयोजनमा उक्त रकम संकलन गरी सिंखडाको डेर सामाखुसीमा पुगेर प्रदान गरिएको हो ।
अन्य सहयोग गर्नेहरुमा जनदीशचन्द्र बराल,दिलीप थापा,आरके श्रेष्ठ,तीर्थलाल महर्जन र दीपेन्द्र तण्डुकार थिए ।
सासद श्रेष्ठ सहितको टोलीले सिंखडा परिवारलाई राहत प्रदान गर्दै आफूहरुले सबै दुखी, असहाय, विपन्नहरुलाई निरन्तर सहयोग गरीरहेको भन्दै समाचार पढे पछि सहयोग गर्नु पर्छ भनेर छलफल गरेर यो सहयोग गरिएको बताए ।

मृगौला पीडित सिता सिंखडालाई सहयोग प्रदान गर्दै सांसद दिपेन्द्र श्रेष्ठ सहितको टोली ।

पीडित डम्बरले सहयोग पाएकोमा खुसी व्यक्त गर्दै श्रीमति, बच्चा पनि समस्या भए पछि दुखः भएको त्यस अघि श्रम गरेर परिवार पालेको भन्दै सहयोग दिने सांसद श्रेष्ठ सहित सहयोगी समुहलाई धन्यवाद दिए ।

मृगौला पीडित सिता सिंखडालाई सहयोग प्रदान गर्दै सांसद दिपेन्द्र श्रेष्ठ सहितको टोली ।

उनको एउटा छोरा जन्मजात अपांग ( अटिजम) पीडित छन् भने श्रीमति सिता मृगौला फेल भएर डायलासिस गर्दै आएका छन् ।

पैसा नभए पछि श्रीमतीलाई नाम्लोले बोकेर उपचार गर्न यसरी लादै गरेको पीडादायक दृष्य राजधानीमै (तस्वीर/भिडियो )

https://www.facebook.com/sirjanatimsina/videos/3795124140530139/?t=3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी