लकडाउन उल्लङ्घन गर्नेमाथि काठमाडौं घट्टेकुलोमा बिहानै प्रहरीको यस्तो एक्सन (तस्विर/भिडियो)

लकडाउन उल्लङ्घन गर्नेमाथि काठमाडौं घट्टेकुलोमा बिहानै प्रहरीको यस्तो एक्सन (तस्विर/भिडियो)

  • शुक्रबार, चैत्र २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, २८ चैत । कोरोना संक्रमण तथा रोकथाम गर्न सरकारले गत चैत ११ देखि मुलुकभर लकडाउन गरेको छ । पछिल्लो समय सुदुरपश्चिममा थप चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि लकडाउनको समयअवधि बढाएर कडाई पनि गरेको छ ।
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि तेस्रो चरणमा प्रवेश गर्नबाट रोक्न थप कडाई गरिएको होे । तर लकडाउनका घटनाभने रोकिएका छैनन् । दिउँसो भरी सडकहरु खाली देखिएपनि बिहान र बेलुका सडकमा चहलपहर बाक्लै देखिन थालेपछि प्रहरीले पनि कडाई गरेको छ ।
अझ मुख्य सडकभन्दा पनि भित्रि गल्लि तथा सडकहरुमा तरकारी, दुध लगायतका सामग्री खरिद गर्न भन्दै मान्छेको भिडभाड देखिन थालेपछि समातेर प्रहरीले सडकमै राखि सम्झाएर पठाउने गरेको छ ।
काठमाडौंको घट्टेकुलोमा पनि यस्तै दृश्य देखियो शुक्रवार बिहान । पटक पटक सम्झाउदा पनि मान्छेको चहलपहल कम नभएपछि एकाबिहानै प्रहरीले घट्टेकुलोमा एक्सन लियो ।
सबैलाई सकमै बसाएर एक एक जना गरि कुरा गर्दै सम्झाउदै पठायो । अत्यावश्यक सामान अर्थात औषधि, तकारी, खाध्यान्ह किन्न आएकालाई छोडिरहेको प्रहरीले सोहि बहानामा आफ्नो कोठा छेउका पसल छाडेर चोकसम्म आईपुगेकालाई भने सडकमै बसायो ।

प्रहरीले सम्झाउदै गर्दा एक अधवैशे वृद्धले मैतीदेवीबाट दुध किन्न आएको बताएपछि प्रहरी अधिकारीले भने, ‘मैतीदेवीमा धमला डेरी छ, त्यसैको छेउमा कोठा अनी घट्टेकुलो दुध किन्न कसरी आउनु भयो ? ’
एकपटकलाई भन्दै प्रहरीले सम्झाएर छोडेको छ । अब पनि लकडाउनको उल्लङघन गरे नियन्त्रणमा नै लिएर कारबाही प्रकृया अघि बढाउने चेतावनी समेत दिदै पठाएको छ ।
प्रहरी अधिकारीले माइकिङ गरि भनिरहेका थिए, हामी जोखिमपूर्ण रुपमा तपाईहरुकै सेवा छौ, तर मान्छे हामी(प्रहरी)लाई कोरोना जस्तो गरेर भाग्ने, लुक्ने अनी हामी हिडेपछि फेरी सडकमा निस्कीने गरिरहेका छन् । यो हाम्रो लागी हैन कोरोनाको महामारीबाट बचाउन, संक्रमण हुन नदिनका लागि तपाईहरुकै सुरक्षको लागी हो ।


खाद्यान्न सहित अत्यवश्यक सामग्री खरिदका लागि निश्चित समय भिडभाड नगरि किनबेच गर्न दिएको छ भने सुरक्षा, स्वास्थ्य, सन्चार लगायतका सवारी सन्चालनमा छुट दिएको छ ।
तर पनि मान्छे अटेरी भए पछि प्रहरी यस्तो कार्बाही गर्न बाध्य भएको बताउछ ।
घरमै बस्दा नागरिकहरुलाई अवस्य दुखः भएको छ तर बाहिर निस्किएर झन जोखिममा पर्दा यसले तपाईलाई मात्र हैन सिंगो जनता र राष्ट्रलाई ठूलो क्षति पुग्ने छ ।
बुझ्नु पर्दछ कि कोरोनाको फैलावट यति तीव्र छ कि एक व्यक्तिले ५ हजार सम्म फैलाउन सक्छ भन्ने कोरीयाले पुष्टी गरीसकेको छ ।

भिडियो अपलोड भईरहेको छ:

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ