परराष्ट्रमन्त्री र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ ।

विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च ९समूह–२०० को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

सङ्कटको वर्तमान घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उहाँले राजकुमार सउदलाई अनुरोध गर्नुभयो ।

प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पार्नुभयो । उहाँले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गर्नुभयो ।

ठूलो सङ्ख्यामा साउदी अरेबियामा रहेका आप्रवासी नेपाली श्रमिकले त्यहाँको आर्थिक उन्नयन उल्लेखनीय योगदान गर्दै आएका छन् जसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ