आफै गरेको निर्णयमा सरकार टिक्न सकेन, उपत्यका बाहिर जनतालाई तत्काल नपठाईने

आफै गरेको निर्णयमा सरकार टिक्न सकेन, उपत्यका बाहिर जनतालाई तत्काल नपठाईने

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चैत्र २७ काठमाण्डौं । सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान चाहने मजदुर र सर्वसाधारणलाई जाने व्यवस्था मिलाउने भनेर सरकारद्धारा गठित उच्च स्तरीय समितिको सचिवालयमा निर्णय भए पनि अन्ततः फेरी आजै त्यसरी पठाउन नसकिने निकर्षमा सरकार पुगेको हो । उपत्यकामा खान बस्नै समस्या भए पछि नागरिकहरु हिडेरै उपत्यका बाहिर गईरहेको खबर आए पछि सरकारले पठाउने योजना बनाए पनि अन्ततः फेरी पछि हटेको हो ।
उपत्यका बाहिर पठाउने स्रोत साधन नै पर्याप्त छैन मन्त्री नेम्बागंले भने अहिले नै पठाउन सकिदैन तर छलफल भने भईरहेको छ । तिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उहाँले बताउनुभयो
उपत्यका बाहिर पठाउने बिषय सार्वजनिक भए पछि सरकारका मन्त्रीहरुबीच नै मतभेद देखा परेको स्रोतको दावी छ ।
मन्त्री नेम्वां, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल लगायतकाले संक्रमण झन बढ्न सक्ने भन्दै विरोध जनाएको बताईएको छ ।
त्यस पछि गृहमन्त्री , यातायात मन्त्री र समितिका सयोजक तथा रक्षा मन्त्री ईश्वर पोखरेल लगायतका मन्त्रीहरुले तत्काल नपठाउने बिषयमा निष्कर्ष निकालेको बुझिएको छ ।
सरकारले घर जाने व्यवस्था गर्ने भयो भनी खुसी भएका नागरिकहरु फेरी चिन्तित बनेका छन् ।

समितिका सयोजक तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा सरकारको निर्णय भनि आएको हल्ला भ्रामक भन्दै उपत्यका बाहिर पठाउने कुनै निर्णय नभएको दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ