मानवीयताको हिशाबले क्वारेन्टाईनमा बसेका नेपालीको दुखः बुझ्न गएको हुँ , गृहले के निर्णय गर्यो मलाई थाहा छैन :सांसद यादव

मानवीयताको हिशाबले क्वारेन्टाईनमा बसेका नेपालीको दुखः बुझ्न गएको हुँ , गृहले के निर्णय गर्यो मलाई थाहा छैन :सांसद यादव

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बीरगञ्ज चैत्र २७ । हिजो भारतीय भूमिमा पुगेर नेपालीहरु राखिएको क्वारेन्टाईनको अवलोकन गरेर फर्किएका पर्सा क्षेत्र नं एकका सांसद प्रदीप यादवलाई क्वारेन्टाईनमा राख्नु भन्ने गृहमन्त्रालयको निर्देशन बारे आफूलाई थाहा नभएको उनले प्रतिकृया दिएका छन् ।
मिर्मिरेअनलाईनसगँ कुरा गर्दै सांसद यादवले आफूले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारै दुरी कायम गरेर सोधीखोजी गरेको , थुप्रै नेपालीहरु त्याहाँ रहेकोले सिमाका सांसद पनि भएकाले उनीहरुको अवस्था के छ भनेर बुझ्न जानु अघि जिल्ला प्रशासन कार्यलयको अनुमति र प्रहरीलाई पनि जानकारी गराएर गएको बताए ।
अहिले गृहको निर्णयबारे थाहा नभएको भन्दै घरैमा बसिरहेको यादवले बताए । यद्यपि, पर्साका सिडिओ विष्णु कुमार कार्कीले सांसद यादवलाई फोन गरेर होम क्वारेन्टाईनमै बसेर सहयोग गरिदिन पर्यो भनेर आग्रह गरेका छन् । सांसद यादवले विज्ञप्ति निकालेर आधिकारीक धारणा सार्वजनिक गर्ने तयारी भएको उनको सचिवालय स्रोतले जनाएको छ ।
गृहमन्त्रालयले भने अनाधिकृत रुपमा भारत गएर क्वारेन्टाईनमा पुगेर फर्किएकाले अनिवार्य क्वारेन्टाईनमा राख्न आज निर्देशन दिएको थियो ।
अहिले पर्सामा सांसद यादव निकै सक्रिय रुपमा खटिरहेको स्थानीयको प्रतिकृया रहेको हाम्रा संवाददाताले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ