कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएका दुई भूपू गोर्खा सैनिकको मृत्यु

कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएका दुई भूपू गोर्खा सैनिकको मृत्यु

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

लण्डन, २७ चैत ।बेलायतमा  कोरोना संक्रमणबाट लन्डनमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङसहित अर्का एक जनाको मृत्यु भएको छ ।

पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङको लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् । गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो ।

यसैगरी,  बेलायतकै नटिङहममा बस्दै आएका ५८ वर्षीय  शिव श्रेष्ठ विगत केहि दिनदेखि आइसोलेसनमा बस्दै आएका थिए । बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका उनको नटिङहमस्थित स्थानीय हस्पिटलमा मृत्यु भएको हो ।

उनको मृत्यु कोरोनाबाटै भएको हो वा अन्य कुनै कारणले हो  सो को पुष्टि भने भैसकेको  छैन । बिहान ३ बजेतिर स्वास्थ्यस्थिति कमजोर भएपछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका श्रेष्ठको साँझ ५ बजे मृत्यु भएको हस्पिटलले जानकारी गराएको थियो ।

अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट बिहीबार मात्रै उपलब्ध हुने बताइएको छ । नेपालको सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।  सामाजिक क्षेत्रमा समेत रुची राख्ने स्व श्रेष्ठ नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका  थिए  ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ४  नेपाली सहित ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ