थर्मल गनको कालोबजारी गर्दा गर्दै समातिएका ब्यापारी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यलयको अनुमति

थर्मल गनको कालोबजारी गर्दा गर्दै समातिएका ब्यापारी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यलयको अनुमति

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चैत्र २६ काठमाडौँ । अति महगोमा ज्वरो नाप्ने थर्मल गन बेचेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशान कार्यलय काठमाण्डौले अनुमति दिएको छ ।
अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो ।

जनता संकटमा परेका बेला सामान्य थर्मल गन समेत १५ हजार रुपैया प्रतिगोटाले उनले बिक्री गर्ने गरेको पत्ता लाए पछि प्रहरीले ग्राहक बनेर रंगेहात नियन्त्रणमा लिएको थियो । उनले चीनबाट २० हजार थर्मल गन ल्याएका थिए । उनी नेपालका लागि कीर्गिस्तानका अवैतनिक दुत समेत भएको र त्यो हैसियतले उनले कुननीटिक नम्बर प्लेटको गाडी दुरुपयोग गरेर कारोबारमा संलग्न भएको पनि प्रहरीको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ