काेराेना रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ, आउने दुई साता थप चुनौतिपूर्ण रहेकाले सजग बनाैंः  प्रधानमन्त्री

काेराेना रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ, आउने दुई साता थप चुनौतिपूर्ण रहेकाले सजग बनाैंः  प्रधानमन्त्री

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, चैत्र २५ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गर्नुभएको हो ।

उहाँले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

ओलीले नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेलगत्तै थप सजगता र सावधानी हुनुपर्ने आवश्यकता रहेकोमा पनि जाेड दिनुभयाे ।  सिंगो मानवजाती कोरोनाविरुद्ध लडिरहेकोका बेला नेपाल पनि यो रोगविरुद्ध लडिरहे बताउदैँ  उहाँले खतरा अझै रहेकाले सजगता आवश्यक रहेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले नेपालमा संक्रमितको संख्या नौ जनामा सिमिति भए पनि उच्च जोखिम कायमै रहेकाले आजबाट पुन आठ दिन लकडाउन गरेको त्यसको विकल्प नभएको बताउनुभयाे ।

काेराेनाकाे  खोप र औषधि पत्ता नलागको अवस्थामा यसबाट बच्न लकडाउन नै एकमात्र विकल्प भएकाे भन्दै उहाँले  सावधानी नअपनाए भयावह हुने भएकाले आजबाट थप ८ दिन लम्व्याउन सरका बाध्य भएको बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘बाँकी समयका लागि पनि धैर्य गर्न आग्रह गर्दछु, आउने दुई साता थप चुनौतिपूर्ण हुन छ, महामारीका  विरुद्ध थप सक्दो प्रयास सरकारले गर्नेछ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ