सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ, २५ चैत । सर्वोच्च अदालतमा सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सोमवार शुरु भएको बहस नसकिएपछि आज मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यही चैत १२ गते सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । छलफलका लागि दुवै पक्षलाई चैत २४ गते बोलाइएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठवटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले यही चैत १० गते सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रूपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने र आफै आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ