नेकपाले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका एजेण्डा

नेकपाले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका एजेण्डा

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ २५ चैत्र ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपसी परामर्शपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामाग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् । स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको नेकपाभित्र असन्तुष्टि छ ।

पछिल्लो समय नेकपामा नेताहरुले सचिवालयको बैठक बोलाउन माग गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन ।

कोरोनाको महामारी लगायतका विषयमा सरकारले गरिरहेका कामबारे जानकारी लिने बैठकको एजेण्डा रहेको महासचिव विष्णु पौडेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ