नेकपा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई रिहा गर्न माग

नेकपा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई रिहा गर्न माग

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, २४ चैत ।  नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले बिरामी अवस्थामा रहेका आफ्नो पार्टीका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेकी छिन् ।

नेकपा नेत्री आस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निर्देशनअनुसार दीर्घ रोगी र अशक्त भएपछि घरमै आराम गर्न पठाएको बेला प्रशासनले कुमाललाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न सरकारसग माग गरेकी छिन् ।

आस्थाले विगत लामो समयदेखि हिरासतमा बन्दी बनाइएका लोकेन्द्र विक, खिमबहादुर कार्की, विकास ओली, चीनकाजी रसाइली र कृष्णा पन्तको झूट्टो मुद्दा तत्काल खारेज गर्न र रिहाइको पहलका लागि मानव अधिकारकर्मी, पत्रकार, वकिल र बुद्धिजीवीलाई आग्रह गरेकी छिन् ।

ब्युरो इन्चार्ज आस्थाले देश कोरोना महामारीको त्रास र लकडाउनमा रहेको बेलामा जनताको सेवाका नाममा सरकार भ्रष्टाचार गर्न लिप्त रहेको भन्दै चोरलाई चौतारी र साधुलाई शूली भनेझैँ भ्रष्टाचारीहरूको संरक्षण गर्ने मात्र नभई सरकारका संलग्नहरुले आफैँ भ्रष्टाचार गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् । यस्तो बेलामा मानवीय संवेदनासमेत गुमाएर सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै आस्थाले पार्टीपङ्क्तिलाई नडगमगाईकन जनताको सेवामा लाग्न आग्रह गरेकी छिन् ।

नेकपाका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कुमाललाई प्रहरीले चैत २१ गते बेलुका ५ बजे गोरखास्थित आफ्नै घरबाट गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ