जुम्लाका २५३ को स्वाब सङ्कलन गरिने

जुम्लाका २५३ को स्वाब सङ्कलन गरिने

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जुम्ला, २४ चैत । भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्किएका जुम्लाका दुई सय ५३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको छ । उनीहरुलाई एक नगरपालिका र सात गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार पातारासीका २९, गुठीचौरका २२, चन्दननाथका २८, तातोपानीका १३ र तिलाका १७ को कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

त्यसैगरी हिमाका ४५, कनकासुन्दरीका ४७ र सिञ्जा गाउँपालिकाका ५२ जनाको स्वाब सङ्कलन गर्न थालिएको हो । सङ्घीय सरकारअन्तर्गतको कोभिड–१९ सङ्कट व्यवस्थापन अप्रेशनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोलीले मंगलवार स्वाब सङ्कलन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गर्न पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थलमा स्थान तोकिएको छ भने हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब सङ्कलन स्थान तोकिएको जनाइएको छ ।

्रजिअ बञ्जाडेले भन्नुभयो, “भारत र तेस्रो मुलुकबाट भित्रिने सङ्ख्या धेरै भएकाले कोभिड–१९ का विषयमा जुम्ला उच्च जोखिममा छ भन्ने कुरा पटकपटक केन्द्रीय सरकारसँग जानकारी गरेपछि नेपालको परिवेशमा जुम्लालगायत अछाम र डोटीमा स्वाब सङ्कलनका लागि पहिलो प्रथामिकतामा परेका हुन् ।” जुम्लाबाट पहिलोपटक तीनजनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएकामा सबै प्रतिवेदन कोरोना नेगेटिभ आएको थियो भने दोस्रोपटक जुम्लाबाट कर्णाली प्रदेश अस्पतालमा छजनाको स्वाब पठाए पनि प्रतिवेदन नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताउनुभयो ।

प्रजिअ बञ्जाडेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितिमा बैठक बसेको थियो । यसअघि कोभिड–१९ विरुद्ध गरेका कामका विषयमा समीक्षा गर्दै अब लकडाउन थप कडा गर्ने तयारी भएको छ । बिरामी बोक्ने यहाँका आठै स्थानीय तहमा सवारीसाधनको व्यवस्थापन गरिएको छ भने कोरोना सङ्क्रमित बिरामी बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ