कोरोना संक्रमण आशंकामा १६ सय ९७ काे परिक्षणः १०७ आइसोलेसनमा, क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

कोरोना संक्रमण आशंकामा १६ सय ९७ काे परिक्षणः १०७ आइसोलेसनमा, क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडाैं, २४ चैत । 

साेमबारसम्म कोरोना संक्रमण आशंकामा परीक्षण गराउनेको संख्या १६ सय ९७ पुगेको छ। तीमध्ये ९ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको र एकजनाले स्वास्थ लाभ गरिसेकका छन्।

आइतबार‍देखि थप तीन ठाउँबाट कोरोना नमूना परीक्षण सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रका सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले धुलीखेल, भरतपुर र भैरहवाबाट कोरोना परीक्षण सुरु भएको बताउनुभयाे ।

उपत्यसहित देशभर १०  ठाउँबाट कोभिड संक्रमणको परीक्षण भइरहेको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंमा १२ र उपत्याका बाहिर ९५ गरी १०७ जना आइसोलेसनमा छन्। यस्तै,कैलाली, कंचनपुर र बागलुङका कवारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण सुरु भएको छ।

कोभिड १९  नियन्त्रण गर्न स्वास्थ्य  तथा जनस्वास्थ्य मन्त्रालय , राष्ट्रिय एम्बुलेन्स सेवा , काठमाडौं महानगरपालिका र सीसीएमसीको सहयोगमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। १०२ मा कल गरेर यो सेवा लिन सकिनेछ।

साथै प्रवक्ता देवकोटाका अनुसार  चैत्र महिनामा विदेशबाट उपत्याका आएकाहरुको नमूना संकलन हुने भएको छ।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयाे

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो ।

घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ