काठमाडौँ चैत्र २४ । नेपालमा दुई साताका लागि भनिएको लकडाउन लम्विन सक्ने देखिएको छ । कोरोनाको महामारी विश्वभर बढीरहेको र नेपालमा समेत बिरामीको संख्या बढ्न थालेकाले लकडाउन लम्ब्याएर भए पनि महामारी फैलन नदिने तयारीमा सरकार लागेको छ । यस बिषयमा आज अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ । बैठक दुई बजे बस्ने छ ।
कोरोनाको औषधी र भ्याक्सिन बनिनसकेको र यसको प्रसार एक व्यक्तिबाट अरुमा तीव्र मात्रामा हुने भएकाले पनि लकडाउनलाई अन्य देशहरुले समेत लागू गरीरहेका छन् ।
सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन बाहेक अन्य बिषयमा समेत छलफल र निर्णय हुने बताईएको छ ।
नेपालमा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्य एक जना निको भएर डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline