हुनेखानेलाई जहाजमा, गरीखानेलाई अलपत्र किन ? प्रधानमन्त्री र भीम रावललाई आफ्नै पार्टीका कार्यकर्ता उमेश विष्टले लेखे यस्तो पत्र

हुनेखानेलाई जहाजमा, गरीखानेलाई अलपत्र किन ? प्रधानमन्त्री र भीम रावललाई आफ्नै पार्टीका कार्यकर्ता उमेश विष्टले लेखे यस्तो पत्र

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

खै कुन शब्द बाट सुरु गरौँ शब्द भेटाउन गाह्रो त भएको होइन तर पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु बहुमत भैसकेको महान नेता वा प्रधानमन्त्री भएको कारण सम्बोधन गर्न अलि गाह्रो भए जस्तो लाग्यो मलाई ! यो प्रदेश नम्बर ७ को विकट जिल्ला बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ धारि गाउँबाट एक नेकपाको संगठन राष्ट्रिय युवा संघको जिल्ला सदस्य भएको हैसियत आज म आफ्नो मनमा लागेका केही बिचार हरु राख्दै छु ११ स्वीकारनु होला !

हुनत म आफ्नो खेतबारीमा काम गरेर आफ्नो परिवार लाई पाल्ने युवा हु ! म नेकपाको सुदुरपशिच्म कै युवा हु मलाई तपाईं चिन्नु त हुन्न तर म राम्रो सङग चिन्छु मैले एक पटक मात्र होइन कि ५-६ पटक नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो अमुल्य मत दिएको छु र बिद्यार्थी काल देखि युवा संगठन सम्म लामो संघर्ष गरि आएको पनि हु। प्रधानमन्त्री ज्यु मैले तपाईं माथी धेरै आशा गरेको युवा मध्ये म पनि हो । नेपाल देशको भबिस्य पनि तपाईंको हातमै छ जस्तो ठानेको छु तर देशले कुनै काचुली फेर्न सकेन कारण खुट्टा तान्ने प्रवृत्तिले हो भन्ने ठानेको छु। झन म जस्ता लाखौ बेरोजगार युवाहरुलाइ बिदेशको चर्को घाममा आफ्नो पसिना बगाउन बाध्य छन् । समानीय प्रधानमन्त्री ज्यु आज भोलि बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड १९ ले गर्दा तपाईं हामी लागाएत सबै त्रर्सित भएका छौ ।हाल सम्म बिश्वको २०० भन्दा बढि देशमा फैलिसकेको खबर डव्लु एचओले दिसकेको छ भने हाल सम्म लगभग ९ लाख को हाराहारीमा संक्रमण देखापरिसकेको छ भने मृत्यु हुनेको संख्या ४४ हजार पार गरिसकेको छ यश अर्थमा धेरै देश हरु लक डाउन पनि भएको छ र लक डाउन भारत र नेपाल पनि लक डाउन नै छ !

आफ्नो रोजगारीको लागि भारत को विभिन्न शहर मा जानू भएका नेपाली दाजु भाइ अहिले एकदमै समस्यामा छन् र खान, बस्न,लगाएत अन्य समस्या हरु झेल्दै छन तिनिहरु लाई के कसरी नेपाल फर्काउन सकिन्छ छिटोभन्दा छिटो पहल गरिदिनु पर्यो ! हुने खानेका छोरा छोरीलाई जहाज पठाएर नेपाल झिकाउने तर ती युवा म जस्तै आफ्नो श्रमजीवी गरेर खाने लाई अलपत्र किन ? के तिनीहरू यो देशको नागरिक होइन ?  के तिनीहरूलाई नेपाल आउने अधिकार छैन ? के तिनीहरूलाई चुनावको बेला मात्र हाम्रो पार्टी लाई भोट हाल्न आउनु बाटो खर्च हाम्रो पार्टीले दिन्छ भनेर बोलाउने हो ?

यस्तो संकटमा नेपाल सरकारले भारत मा रोजगारी गर्ने हाम्रा युवालाई त नेपाली नै ठान्ने रहेन छ कम्सेकम तपाईं त सुदुर पश्चिम प्रदेश नम्बर ७ को ब्यक्ति र इन्चार्ज भएको हैसियतले तपाईं लाई बिन्ती छ कमरेड भिम बहादुर रावल ज्यु।

यदि तपाईलाई भारत मा हुने नेपाली जनताको माया छ भने तुरुन्तै नेपाल झिकाउने बाताबरण बनाउनु होस भरतमा भएका सबैलाइ नेपाल झिकाएर आफ्नो घर सम्म पुर्याउनु हुन्छ भने मेरा गाउँका युवा लागएत धेरै भारत मा समस्या झेल्दै आयका ब्याक्ती हरुले प्रदेश नम्बर ७ नेकपा जिन्दावाद गर्ने छन र अर्को चुनाव मा नेकपा लाई नै भारि मतले जिताउने छन भन्ने मेरो पुर्ण आस छ !!

कुनै पनि समस्यामा पर्दा परदेशिले सम्झने भनेको आफ्नो देश आफ्नो अभिभावक ,आफ्नो परिवार ,आफ्नो देशको नेता नै हो १अहिलेको समस्या भनेको मलाई भन्दा पनि भारतमा रहेका सम्पुर्ण नेपालीलाई छ। त्यो पनि थाहा छ हाम्रो सरकारलाई तर समस्यामा परेका नागरिक लाई अरु देशका सरकारले उद्दार पनि त गरेको छ तपाईं पनि उनीहरूलाई उद्दार गरिदिनो होस बिन्ती छ मेरो ।  नेपाल् झिकाइ सके पछि जति दिन क्वारेन्टाइन मा राख्नु हुन्छ राख्नुहोस उनीहरू तयारी छन राम्रो सङग चेकजाँच गरेर नै उनीहरूलाई तेसपछी मात्र घर जान वातावरण मिलाउला तर भारतमा दिन हु दिन कोरोना भाइरस को संख्या बढ्दै छ केही कतै नेपालि लाई यो रोग सरि हाल्यो भने पनि कसैले सहयोग गर्ने वाला छैन ११ मैले सुने अनुसार नेपाली राजदुतावास लाई पनि दिन मा ४-५ पटक कल गर्दा पनि उठ्दैन भन्ने खबर आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु र अर्का सुदुर पश्चिम प्रदेशका ईन्चार्ज भिम बहादुर रावल ज्यु तिनीहरू पनि हाम्रै देशका नागरिक हुन यो कठिन परिस्थितिमा साथदिनु होस तिनीहरू रुदै भोक भोकै रोड अथवा गल्ली गल्लि मा भौतारिदै हिडेका हरुले तपाईं लाइ सधै साथ सपोर्ट दिनेछन ।

उमेश बिष्ट -उज्ज्वल
पुर्व अनेरास्ववियु सभापति दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस तथा राष्ट्रिय युवा संघ नेपाल बझाङ सदस्य
धन्यवाद ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ