काठमाडौँ, २३ चैत।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ सङ्क्रमणको सङ्कटबाट मुलुकलाई जोगाउन ऐक्यबद्ध भई कार्य गर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।
उहाँले आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सो विषयमा टेलिफोनमा संवाद गर्नुभएको सभापति देउवाको सचिवालयले जनाएको छ । संवादमा सभापति देउवाले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढङ्गले कार्य गर्न अपिल गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline