लकडाउनको पालना गर्न प्रदेश १ का राजनीतिक दलको आग्रह

लकडाउनको पालना गर्न प्रदेश १ का राजनीतिक दलको आग्रह

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, चैत्र २३ ।
प्रदेश १ का प्रमुख राजनीतिक दलले लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । आइतवार बैठक बसी राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन । जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा संचालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने र अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति संचालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावसक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकपमता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
यसैगरी कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिसहरु साँझको समय बिना उद्देश्य हिंडडुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकोले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध गर्ने र प्रदेशवासी जनतालाई सबै राजनीतिक दलहरुले अपिल गर्ने निर्णय गरेका छन् ।
प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा संचालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।
बैठकपछि दलको तर्फबाट नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, डिग बहादुर लिम्बू सभापति नेपाली कांग्रेस मोरङ र राजीव कोइराला प्रमुख विपक्षी कांग्रेस,राप्रपाका प्रदेश अध्यक्ष राम थापा, अशोक चेम्जोङ महासचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजकुमार यादव उपाध्यक्ष समाजवाद िपार्टी प्रदेश उपाध्यक्षले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्नु भएको हो । राजनीतिक दल शनिबार बैठक बसी चार बुँदे निर्णय गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ