५६ हजार बढी नेपालीहरु स्वदेश फर्किएको तथ्याङक, राहत र लगत संकलन सँगसँगै

५६ हजार बढी नेपालीहरु स्वदेश फर्किएको तथ्याङक, राहत र लगत संकलन सँगसँगै

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २३ चैत । सरकारले अहिलेसम्म ५६ हजार बढी नेपालीहरु स्वदेश फर्किएको तथ्यांक संकलन गरेको छ । विश्वभर कोभिड १९ को जोखिम बढेपछि शनिवार राति १० बजेसम्म ५६ हजार ३ सय ३१ जना नेपाली स्वदेश फर्किएको तथ्यांक संकलन भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तथ्यांक संकलन गरेलगत्तै स्वदेश फर्किएका अधिकांसलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा समेत राख्न सुरु गरेका छ । अधिकांशलाई स्थानीय तहले होम क्वारेन्टाइन र अस्पातालमा राख्ने काम सुरु गरेको सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार कोभिड( १९ लगायत अन्य कारणले स्वदेश फर्केका सम्पूर्ण नेपालीको लगत संकलन काम वडा तहबाट नै जारी राखिएको छ।
स्वदेश फर्केकाको लगत संकलन गर्ने र सँगसँगै राहात बाँडने काम सँगै भइरहेको छ मन्त्री त्रिपाठीले भने, वडा तहसम्म रहेका निजामती कर्मचारीलाई विदेशबाट फर्केका नेपालीको लगत संकलन गर्नेदेखि आपतमा परेकालाई राहत वितरण गर्ने काम पनि सँगसँगै गरिएको छ।
मन्त्रालयले राहत बाँड्दा भने एकद्धार नीति अपनाउन मन्त्रालयबाट माताहातका कर्मचारीलाई निर्देशन दिएको छ । दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने, वृद्धाश्रम, बालगृह, अपाङ्गताहरुलाई संरक्षण गर्ने, सुत्केरी महिला र विशेष रोग लागेका ब्यक्तिलाई राहत पाउनेमा प्राथमिकतामा राखिएको छ ।
जसका लागि हिजो बेलुकासम्म ५ सयवटा स्थानीय तहमा राहत कोष स्थापना भइसकेको जानकारी मन्त्रालयमा प्राप्त भएको त्रिपाठीले जानकारी दिएका छन्।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले उक्त कोषमा रकम जम्मा गरिरहेको र राहत वितरण पनि सुरु भइसकेका मन्त्री त्रिपाठीले जानकारी दिए।
’काठमाडौं उपत्यकाभित्रका प्रमुख, उपप्रमुखलगायतलाई मन्त्रालयमै बोलाएर विदेशबाट फर्कने नेपालीको लगत संकलन सुरु गरिएको छ। देशैभरि विदेशबाट फर्कने नेपालीको तथ्यांक संकलन जारी राखिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ