विराटनगर २३ चैत्र । सरकारले कोरोना जोखिम रोक्न घोषणा गरेको लकडाउनका कारण दैनिक श्रम गरेर खाने मजदुर तथा बिपन्न बर्ग हरुलार्इ जीवन धान्न गाह्रो परीरहेको छ ।
यस्तो अबस्थामा त्यस वर्गको जीवनयापनमा सहजता प्रदान गर्न नेपाली काँग्रेस बुढीगँगा गाँउपालिका तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आज ५० के. जी. को १९८ बोरा चामल बुढीगंगा गाउँपालिकाको राहात समितिको टिमलाई हस्तान्तरण गरेको छ ।
डा. शेखर कोइरलाले यस्तो माहामारीको बेलामा घरमै बस्न आग्रह गर्दै भरखरै नेपाल सरकारले खरिद गरिएको गुणस्तरहिन स्वास्थ सामग्रीहरु प्रति आपत्ति जनाउदै कोभिड १९ को हाल सम्म कुनै औषधी नबनेकोले यसको रोकथाम आफैबाट मात्र संभव भएको भन्दै माक्स प्रयोग ,सेनिटाइजर तेसैगरी साबुनपानी ले हात धुन समेत आग्रह गरेका छन् ।
तेसैगरि बुढीगंगा गाउँपालिकाका अध्यक्ष तथा राहात समितिका अध्यक्ष बालचन्द्र माझीले सबै सहयोगी हातहरुलाई धन्यवाद दिदै अब वडा वडामा चाडै नै वडाको सर्वदलिय समितिको सहयोगमा काम गरेर खाने मजदुर तथा अति बिपन्न बर्गलाई राहत रामाग्री बितरण गर्ने बताएका छन् ।