सनराईज बैंकद्धारा पिपिई हस्तान्तरण

सनराईज बैंकद्धारा पिपिई हस्तान्तरण

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चैत्र २२ काठमाण्डौं । सनराइज बैंक लिमिटेडले कोभिड–१९ को सङ्क्रमण जोखिमको न्यूनीकरणका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा सुरक्षाका विभिन्न सामग्री वितरण गर्ने क्रममा रुकुमको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको छ ।

सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सांसद जनार्दन शर्मालाई हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

उक्त सहयोग सामग्रीमा १० थान व्यक्तिगत सुरक्षा उपकरण पिपिइ, एक हजार थान मास्क, स्यानिटाइजर, पल्स ओक्सिमिटर र पञ्जा रहेका छन् ।

हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ३३० भन्दा बढी पिपिइ उपलब्ध गराइसकेको र अन्य प्रदेशमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ