कैलाली, बागलुगं र कन्चनपुरमा कोरोनाको र्यापीड टेष्ट गर्ने सरकारको निर्णय, लकडाउनबारे अर्को बैठकले निर्णय गर्ने

कैलाली, बागलुगं र कन्चनपुरमा कोरोनाको र्यापीड टेष्ट गर्ने सरकारको निर्णय, लकडाउनबारे अर्को बैठकले निर्णय गर्ने

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ चैत्र २२ । सरकारले कोरोना संक्रमित भेटिएको कैलाली, बागलुंग र कन्चनपुरमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला जिल्ला आवागमनमा नियन्त्रण निर्णय पनि गरेको छ। यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ।

मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउन विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णयले बताए । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ। संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकार देखिन्छ। शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ