स्वास्थ्य सामाग्री खरीद प्रकृयामा भ्रष्टाचार गर्ने स्वाथ्यमन्त्रीलाई कारबाही गरः अखिल क्रान्तिकारी(विज्ञप्तिसहित)

स्वास्थ्य सामाग्री खरीद प्रकृयामा भ्रष्टाचार गर्ने स्वाथ्यमन्त्रीलाई कारबाही गरः अखिल क्रान्तिकारी(विज्ञप्तिसहित)

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

चैत्र २२ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कोरोना भाईरसको महामारीको जोखिम र त्रासदी बढेको साथै लकडाउन गर्नु बाहेक सरकारले अरु प्रभावकारी कदम चाल्न नसकेको भन्दै उल्टै स्वास्थ्य सामाग्री खरीद पकृयामा भ्रष्टाचार भएको भन्दै यसमा संलग्न श्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई अविलम्ब निलम्बन गरी कार्बाही गर्न माग गरेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीवी ढकालले एक विज्ञप्ति जार गरी ९ बुदे माग अघि सार्दै विद्यार्थीहरुको चैत्र र बैशाख महिनाको शुल्क फिर्ता वा समायोजन गर्नु पर्र्ने, विद्यार्थीको डेराभाडा दुई महिनाको मिनाहा गर्नु पर्ने , अष्ट्रेलिया, अमेरीका, भारत, जापान, बंगलादेश लगायतका देशमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएर क्वारेन्टाईनमा राखेर घर पठाउन माग गरेका छन् ।
साथै विज्ञप्तिमा नेपाल भारत सिमानामा अलपत्र परेका नागरिकलाई देश भित्र ल्याएर क्वारेन्टाईनमा राखि घर पठाउनु पर्ने, दैनिक ज्यालादारी, गरीब, किशान, सुकुम्वासीलाई तत्काल राहतको प्याकेज दिनु पर्ने,राष्ट्र र जनता संकटमा परेका बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरुलाई जेल हाल्नु पर्ने र अस्पतालहरुलाई राष्ट्रियकरण गर्नु पर्ने, जेल तथा हिरासतमा रहेका आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न, अनलाईन ह्याक गर्ने र समाचार बन्द गर्ने कार्यमा संलग्नलाई कार्बाही गर्नु पर्ने लगायतमा माग गरिएको छ ।
औषधी, खाद्यन्न, ग्यास लगायत अत्यावस्यकीय वस्तुको सहज आपुर्ति गर्नु पर्ने लगायतका माग अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै अखिल क्रान्तिकारीले श्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवस्यक सुरक्षासामाग्री उपलव्ध गराउन माग गरिएको छ ।
हेर्नुस् विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ