काठमाडौं, २२ चैत ।
काठमाडौं महानगरपाली अन्तरगत २९ नम्बर वडाले अहिलेसम्म झण्डै तीन सय जनालाई राहत सामग्री वितरण गरेको छ । आज शनिवार एकैदीन १ सय १५ बढीलाई राहत बाडिएको वडाध्यक्ष कुश ढकालले जानकारी दिनुभयो ।
ज्यालादारी श्रमिक, विपन्न, असाहय तथा अशक्तहरुलाई बुधवारदेखि राहत वितरण सुरु गरेको काठमाडौं महानगरपालीकाले प्रत्येक वडा कार्यालयमार्फत नै राहत वितरणको व्यावस्था मिलाएको छ । श्रमिकको तथ्याङ्क संकलन सहित राहत वितरणको निर्देशनलगत्तै २९ नं. वडाले पनि राहत विरणको काम सुरु गरेको हो । लक्षीत वर्गका परिवारको सङख्याको आधारमा चामल, दाल, तेल, तरकारी नुन लगायतका सामग्री वितरण भईरहेको छ ।
वडा कार्यलयले घरघरमै पुगेर फारम भराई टोकन दिएर कार्यलयबाटै राहत वितरण गरिरहेको छ ।
राहत लिनेहरूकाे विवरणा हेरेर अभिलेखखगर्ने तथा टाेकन बनाउदै वडाध्यक्ष, वडा सचिव सहितकाे टाेली ।
राहत वितरणस्थमा सामाजीक दुरी कायम भने गरिएको पाइएन । सो विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष ढकालले जति प्रयत्न गरेपनि राहत लिन आउने सर्वसाधारणले नटेरेको बताए ।
राहत वितरणमा निरन्तर खटिईरहेका स्वयमसेवकले पनि जति सम्झाए पनि सामाजीक दुरी कायम गरेर राहत वितरण गर्न नसकिएको बताए । स्वयमसेवीका रेणु श्रेष्ठले भनिन्, ‘हामीलाई पनि एकदम गाह्राे भएको छ , सामाजीक दुरी कायम गरेर लाईनमा बस्नुन् भन्दा एकछिन बस्नुहुन्छ, फेरी उस्तै भईहाल्छ ।’

राहत वितरण भईरहेकाबेला अनुगमन तथा सहजीकरणका लागि पुग्नुभएका काठमाडौं क्षेत्र नं १ का सांसद दिपेन्द्र श्रेष्ठसँग पनि मिर्मिरे अनलाईनले राहत वितरण कस्तो भईरहेको छ भनेर जिज्ञासा राखेको थियो । जवाफमा श्रेष्ठले वडाका जनप्रतिनिधी, स्वास्थ्य स्वयमसेवीका र वडाका प्रतिनिधी बसेर पारदर्शी रुपमा नै राहत वितरण भईरहेको जानकारी दिए ।
सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रका तीन वटै वडाहरुको राहत वितरणस्थलको अनुगमन गरेको र विरणस्थलमा सामाजीक दुरी कायम गर्न नसक्नु दुखद भएको बताए ।
राहत बाड्दै सांसद दिपेन्द्र श्रेष्ठ
यस्तै सांसद श्रेष्ठले राहतको लागि खाध्य सामग्री बढाउन र पर्याप्त रुपमा छिटो छरीतो रुपमा वडाहरुमा पुर्याउनु पर्नेमा जोड दिए । उनले अहिले जनप्रतिनीधि देखि वडाका प्रतिनीनिधहरुले सामान्य सुरक्षाको समेत व्यवस्था गर्न नसकिएको भन्दै महानगरपालीकाले विशेष ध्यान दिन आग्रह समेत गरे । सांसद श्रेष्ठले भने, ‘कतिपय वडामा खाध्य सामग्रि नै छैन, महानगरले स्टोर गरेर द्रुत रुपमा वडाहरुलाई खाध्यान्ह ढुवानी गराउने व्यावस्था मिलाउनु पर्छ ।’
श्रेष्ठले कामनपाका मेयर विद्यासुन्दर शाक्यलाई आग्रह गर्दै महानगरभित्र कालोवाजरी र कृतिम अभाव गराईरहेको अवस्था पाईएकोले यस्तो समस्याको हल गर्दै संकटपूर्ण अहिलेको अवस्थामा सबै एकजुट भएर गाम्भिर्यताका आधारमा काम गर्नुपर्ने बताए ।
राहत वितरणका क्रममा पन्जा, मास्क, सेनिटाइजर लगायतका सामग्रि नभएकोले यसको पनि व्यावस्था गर्नुपर्नेमा जोड दिए ।

यस्तै वडा कार्यलयका सचिव सुवोध खड्काले राहत वितरणलाई पारदर्शी र लक्षीत वर्गमा नै पुर्याउने उदेश्यले अघिल्लो दिन फारम भर्ने र उनीहरुलाई टोकन दिएर भोलीपल्ट सोहि फारमका आधारमा खाध्यान्ह वितरण गरिरहेको बताए ।
उनले भने , ‘हामीले कसैलाई विभेद गरेका छैनौ, एकद्धारा प्रणालीमार्फत राहत वितरण गरिहरेका छौ ।’ चैत १९ गतेबाट वडाले राहत वितरण सुरु गरेको जानकारी दिदै दैनीक ज्यालादारी मजदुर, असाहय, अशक्त र निम्म आर्थिक अवस्था भएकाहरुलाई राहत दिईरहेको बताए ।

तर राहत वितरणमा समस्या भईरहेको जानकारी दिदैँ भने, ‘एकै घरका तीन–चार जनाले फोन गर्ने अनी राहत चाहियो भन्ने गरेको पाईएको छ । यस्तो कारणले लक्षीत वर्गमा राहत नपुग्ला कि भन्ने चिन्ता हामीलाई छ भने, छुट्याएर राहत वितरण गर्न पनि कठिन देखिएको छ ।’
साथै उनले वडाभित्र राहत वितरण एकद्धार प्रणलीबाट मात्रै गर्ने निर्णय भएके पनि जानकारी दिए । सचिव खड्काले वडाभित्र कसैले राहत सामग्री दिन चाहेमा वडासँग अनुमति लिनुपर्ने समेत बताएका छन् ।
झोलाको अभावमा आफ्नै कपडामा तरकारी थापेर लैजादै ।
उता, राहत लिन आएका स्थानीयहरुले थोरै भएपनि खाध्यान्ह पाएकोमा खुशी हुँदै यसले आफुहरुलाई केही राहत भएको प्रतिकृया दिए ।
यस्ताे छ वडालाइ जानकारी नगराइ राहत वितरणा गर्न नपाउने जानकारीसहित वडाले राहत वितरण पार्दरशी र व्यवस्थीत बनाउन भन्दै जारी गरेकेा सूचना

भिडियो ।