काठमाण्डौप्रेसको समाचार हटाउने कुरामा ईसेवाको कुनै सम्बन्ध छैन

काठमाण्डौप्रेसको समाचार हटाउने कुरामा ईसेवाको कुनै सम्बन्ध छैन

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले समाचार पोर्टलको समाचार हटाइएको विषयमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै नियोजित रुपमा भइरहेको प्रहार कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइनपोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारेको हो ।

विगत ११ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इसेवाले शुरुआती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेको स्मरण गराउँदै इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको बताएको छ । ‘इसेवाको संरचना, प्रविधि तथा सेवाहरु राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको आमग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिबद्ध छौँ’, विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ