विराटनगरमा ५० शैयाको कोरोना अस्पताल सञ्चालन, प्रत्येक वार्डमा एसीसहित अक्सिजिन प्लान्टको आपूर्ति

विराटनगरमा ५० शैयाको कोरोना अस्पताल सञ्चालन, प्रत्येक वार्डमा एसीसहित अक्सिजिन प्लान्टको आपूर्ति

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

विराटनगर, चैत २१ ।
प्रदेश १ सरकारले विराटनगरमा कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । आईसीयु र भेन्टिलेटरका दश सहित ५० शैया अस्पतालको सन्चालनमा आएको हो ।

निर्माणसहित आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामाग्री तथा मापदण्डको विषयमा विशेषज्ञ चिकित्सकसँगको परामर्शपछि अस्पतालबाट सेवा सुचारु भएको घोषणा गरिएको थियो ।

विराटनगर–१० मा रहेको नेशनल ट्रेडिङको भवनमा सन्चालनमा ल्याईएको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रको शुक्रवार मुख्यमन्त्री शेरधन राईले अवलोकन समेत गर्नु भयो । सो क्रममा मुख्यमन्त्री राईले पूर्ण अस्पतालको संरचनासहित आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन गरिएसँगै अब कोडिभ–१९ का विरामीको उपचारका लागि समस्या नहुने बताउनुभयो । उहाँले विश्वव्यापी महामारीसँग लड्न सर्वपक्षिय हातेमालो र सचेतना आवश्यक समेत औल्याउनु भयो ।

नागरिकको स्वास्थ्य सुरक्षासँगै आपूर्ति व्यवस्थापन र राहत आवश्यक पर्ने नागरिकको दैनिकी व्यवस्थापनका कार्यहरु प्रदेश सरकारले गरिरहेको भन्दै मुख्यमन्त्री राईले भन्नुभयो– तत्काल १३७ स्थानीय तहलाई लगत पठाउन भनिसकेका छौं, पहिलो चरणमा स्थानीय तहबाटै राहत सामाग्री वितरण गरिने छ तर संभव नहुने देखिएको अवस्थामा प्रदेश सरकारले आवश्यक प्रवन्ध मिलाउने योजना बनाईरहेका छौ ।

अस्पतालको हरेक वार्डमा सीसी क्यामेरा जडान गर्नुका साथै , विरामीको मोवाईलमा स्वास्थ्य सूचना पठाउन सकिने व्यावस्थासमेत गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । अस्पतालको प्रत्येक वार्डमा एसीसहित अक्सिजिन प्लान्टको आपूर्ति मिलाइएको छ ।

संक्रमित विरामीको मात्रै उपचारात्मक सेवा दिने उद्देश्यसहित निर्माण गरिएको अस्पतालको बाहिरी परिसरमा सुरक्षा पोष्ट, हेल्थ डेस्क, सामान आदान–प्रदान कक्ष, कार्यालय र स्वास्थ्यकर्मी चेमना गृह रहेको छ । विरामीको लागि अस्पताल भित्रै चमेना गृह निर्माण गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । अस्पताल र अस्पतालको बाहिरी परिसरमा रहेका संरचनामा २४ सैं घण्टा विद्युत सेवा प्रदान गर्नका लागि जेनेरेटरको समेत व्यवस्थापन मिलाइएको छ ।
मुख्यमन्त्री राईको संयोजकत्वमा रहेको प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिले गत चैत ७ गते कोभिड–१९ उपचार केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो । अस्पताल निर्माणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच कार्य विभाजन गरिएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयले भवनको मर्मत–संहार, रंगरोगन, विद्युत आपूर्ति, धारा पानीको व्यवस्था, सीसी क्यामेरा र एसी जडानको काम गरेको थियो । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाहिरी परिसरको सरसफाईसहितको काम गरेको थियो । सामाजिक विकास मन्त्रालयले अस्पताललाई चाहिने आवश्यक प्राविधिक सामाग्री र जनशक्ति व्यवस्थापनका लागि कोशी अस्पतालसँगको सहयोगमा तयार पारेको थियो ।

विराटनगर महानगरपालिका र निजी अस्पतालहरुको संगठन अफिनले समेत अस्पताल निर्माणका लागि आवश्यक सहयोग गरेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अफिनका पदाधिकारीसहित कोशी अस्पतालका विशेषज्ञ चिकित्सकले १४ दिनसम्म लगातार सरकारले अगाडी सारेको योजनालाई सफल बनाउन सहयोग गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ