लक डाउनको ११ औं दिन कसरी चल्दै छ जीवन ?

लक डाउनको ११ औं दिन कसरी चल्दै छ जीवन ?

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चैत्र २१ काठमाण्डौं । कोरोनाको विश्वव्यापाी महामारीबाट देशमा रोकथाम र नियन्त्रणको लागि शुरु भएको लकडाउनको आज ११ औं दिन । आज सम्म अधिकाशं नागरिक घर भित्रै कैद भएका छन् । सडकहरु प्राय सुनसान छ, बजार पसलहरु बन्द छन् । केही खाद्य पसल र तरकारी बजार, औषधी पसल बाहेक अरु बन्द छन् ।
तरकारी किन्न, खाद्य सामाग्री लिन, अस्पताल जान बाहेकका काममा त्यति निस्किएका छैनन् ।
यसरी निस्कनेहरुलाई प्रहरीले निकै कडाई गरीरहेको छ । हजारौ सवारी साधनहरु नियन्त्रणमा लिईएको छ भने समातिएकाहरुलाई होल्डमा राख्ने गरिएको छ ।
लकडाउन र सिमा बन्दका कारण हजारौ नेपालीहरु सिमा नाकामा प्रभावित छन् । नेपालगञ्जको जमुनाहा नाकामा सयौं नेपाली खुल्ला आकाशमुनि कैयौ रातदेखि बसिरहेका छन् ।
लकडाउन अधिक मात्रामा पालना भएको देखिए पनि मजदुर, विपन्न वर्गको भने चुल्हो बल्न मुस्किल पर्न थालेको छ ।
लकडाउनबाट कोरोना नियन्त्रण भएको महसुस गर्ने अवस्था भए पनि भोकमारी बढ्ने कुराले मजदुर र विपन्न वर्ग चिन्तित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ