ईन्धनको मूल्य घटाउँदा व्यवसायीलाई ३० करोड बढी घाटा, निगमसँग मागे क्षतिपूर्ति

ईन्धनको मूल्य घटाउँदा व्यवसायीलाई ३० करोड बढी घाटा, निगमसँग मागे क्षतिपूर्ति

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं २० चैत ।
नेपाल आयल निगमले इन्धनको मूल्य एकैपटक प्रतिलिटिर १० रुपैयाँ घटाउँदा करिब ३० देखि ४० करोड रुपैयाँ घाटा लागेको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले आयल निगमसँग क्षतिपूर्तिसमेत मागेका छन् ।

निगमले हिजो डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो । आफूहरुले महँगो मूल्यमा किनेर इन्धन भण्डारण गरेको, तर अहिले लकडाउनको बेला एकैचोटि धेरै मूल्य घटाइदिँदा घाटा भएको व्यवसायीहरुको भनाइ छ ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले आज नेपाल आयल निगमलाई पत्र लेखेर क्षतिपूर्तिको व्यवस्था मिलाइदिन माग गरेको छ । एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले निगमलाई लेखेको पत्रमा पेट्रोलियम व्यवसायीहरुको करिब ३० देखि ४० करोड घाटा भएको उल्लेख छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत ८ गते मन्त्रालयमै बोलाएर क्षमताले धानेसम्मको तेल भण्डारण गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । मन्त्रीको आग्रह सबै व्यवसायीले इन्धन भण्डारण गरेका थिए । तर अहिले आफूहरुले धोका पाएको व्यवसायीहरुको गुनासो छ ।

यता आयल निगमले भने इन्धनको मूल्य तोक्ने काम कुनै व्यक्तिले नभई प्रणालीबाट हुने भएकाले पक्षपात नभएको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ